सामाजिक सञ्जालको लतसम्बन्धी मुद्दामा मार्क जुकरबर्गसँग बयान लिइने
सारांश
- मार्क जुकरबर्ग सामाजिक सञ्जाल लतसम्बन्धी मुद्दामा पहिलो पटक अदालतमा बयान दिन उपस्थित भए।
- मेटा प्लेटफर्मविरुद्ध बालबालिकालाई लत लगाउने गरी डिजाइन गरेको आरोप लागेको छ, जसमा युवती 'कली' र उनकी आमाले मुद्दा दायर गरेका हुन्।
- युवतीले युट्युब र इन्स्टाग्रामको अत्यधिक प्रयोगले मानसिक स्वास्थ्यमा असर परेको र आत्महत्यासम्मका विचार आएको बताएकी छिन्।
वासिङ्टन डिसी । फेसबुकका मालिक मार्क जुकरबर्ग बुधबार अमेरिकामा जारी सामाजिक सञ्जाल लतसम्बन्धी ऐतिहासिक मुद्दामा पहिलो पटक जुरीसमक्ष बयान दिन अदालतमा उपस्थित हुने भएका छन् ।
यो मुद्दा सामाजिक सञ्जाल कम्पनी मेटा प्लेटफर्मविरुद्ध दायर गरिएको छ । यस मुद्दामा फेसबुक र इन्स्टाग्रामजस्ता प्लेटफर्महरूले बालबालिका तथा किशोर–किशोरीलाई लत लाग्ने गरी आफूलाई डिजाइन गरिएको आरोप लगाइएको छ । यो मुद्दा एक युवती ‘कली’ र उनकी आमाले दायर गरेका हुन् ।
बाल्यकालदेखि युट्युब र इन्स्टाग्राम प्रयोग गर्दा आफ्नो मानसिक स्वास्थ्यमा गम्भीर असर परेको दाबी युवतिले गरेकी छिन् । युवतिका वकिलका अनुसार उनले ६ वर्षको उमेरदेखि युट्युब र ९ वर्षदेखि इन्स्टाग्राम प्रयोग गर्न थालेकी थिइन् । कहिलेकाहीँ उनले दिनको धेरै घण्टा एप चलाउने गरेको र एकपटक १६ घण्टाभन्दा बढी लगातार प्रयोग गरेको दाबी गरिएको छ । सामाजिक सञ्जालको अत्यधिक प्रयोगका कारण आफूले अवसाद, शरीरप्रतिको नकारात्मक सोच, आत्महत्यासम्बन्धी विचार, साइबर बुलिङ तथा यौन शोषणजस्ता समस्याहरू झेलेको आरोप युवतिले लगाएकी छिन् । यस्ता प्रकारका १ हजार ५०० भन्दा बढी उजुरीमध्ये अदालत पुगेको यो पहिलो मुद्दा हो ।
आरोप अस्वीकार गर्दै आफूले युवा प्रयोगकर्ताको सुरक्षाका लागि दीर्घकालीन प्रयास गरेको मेटाले जनाएको छ । कम्पनीका अनुसार अभिभावकीय निगरानी उपकरण, गोपनीयता सेटिङ र १८ वर्ष मुनिका प्रयोगकर्ताका लागि विशेष ‘किशोर खाता’जस्ता फिचर लागू गरिएको छ । कम्पनीका वकिलले युवतीको पारिवारिक समस्याले मानसिक स्वास्थ्यमा असर पारेको तर्क अघि सारेका छन् ।
अदालतमा जुकरबर्गलाई मेटाले युवा प्रयोगकर्तामाथि हुने जोखिमबारे कति जानकारी राख्थ्यो र ती जोखिम कम गर्न पर्याप्त कदम चालियो कि चालिएन भन्ने विषयमा प्रश्न सोधिने अपेक्षा गरिएको छ । कानुनी विश्लेषकहरूका अनुसार जुकरबर्गको प्रस्तुति र जवाफले जुरीको धारणा निर्धारण गर्न ठुलो भूमिका खेल्न सक्छ । अमेरिका भरका अभिभावकहरूले यो सुनुवाइलाई सामाजिक सञ्जाल कम्पनीहरूको जिम्मेवारी निर्धारण गर्ने महत्त्वपूर्ण क्षणको रूपमा हेरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण