अभिषेकको फ्लप शो जारी, लगातार तेस्रो डक
बुधबार, ०६ फागुन २०८२, १९ : ४१
काठमाडौँ। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भारत र नेदरल्याण्ड्सबिचको रोमाञ्चक भिडन्त सुरु भएको छ। टस जितेर पहिले ब्याटिङ रोजेको भारतीय टोलीको सुरुवात भने निकै निराशाजनक रह्यो।
युवा ओपनर अभिषेक शर्मा फेरि एकपटक शून्यमै पेभेलियन फर्किएपछि भारतले सुरुवातमै झट्का बेहोरेको छ। उनलाई नेदरल्याण्ड्सका स्पिनर आर्यन दत्तले बोल्ड गरे।
अभिषेक शर्माका लागि यो विश्वकप बिर्सनलायक सावित भइरहेको छ। टी(२० वरियताको नम्बर(१ ब्याटर भए पनि उनी लगातार तेस्रो खेलमा खाता नखोली आउट भएका हुन्। यसअघि पाकिस्तान र अमेरिकासँगको खेलमा पनि उनी शून्यमै आउट भएका थिए।
भारतीय टोली यसअघि नै सुपर८ मा पुगिसकेको हुनाले यो खेल उसको प्रतिष्ठाको लडाइँ मात्र हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण