कोशी प्रदेशमा ‘उम्मेदवार मेला २०२६’: फागुन ९ गते डिजिटल नेतृत्व संवाद
सारांश
- आइसिटी फाउन्डेसन नेपालले कोशी प्रदेशका लागि 'उम्मेदवार मेला २०२६' आयोजना गर्दैछ।
- कार्यक्रममा कोशी प्रदेशका उम्मेदवारहरू र नागरिकहरूबीच डिजिटल माध्यमबाट संवाद हुनेछ।
- यस कार्यक्रममा युवा रोजगारी, शिक्षा, आर्थिक विकास लगायतका विषयमा छलफल हुनेछ।
काठमाडौँ । नेपालभर भर्चुअल माध्यमबाट सञ्चालन भइरहेको राष्ट्रिय संवाद शृङ्खला ‘उम्मेदवार मेला २०२६’ को चौथो सत्र कोशी प्रदेशका लागि आयोजना हुने भएको छ । आइसिटी फाउन्डेसन नेपालको पहलमा आयोजना हुन लागेको यस कार्यक्रममा कोशी प्रदेशका विभिन्न राजनीतिक दलका प्रतिनिधि सभा सदस्य उम्मेदवारहरूको सहभागिता रहने जनाइएको छ ।
कार्यक्रम फागुन ९ गते साँझ ५ः३० बजेदेखि ७ः३० बजेसम्म जुममार्फत् भर्चुअल रूपमा सञ्चालन हुनेछ । कोशी प्रदेशका नागरिक तथा युवाहरूले डिजिटल रूपान्तरण, सुशासन, युवा रोजगारी, शिक्षा, आर्थिक विकास, पर्यटन, कृषि, स्वास्थ्य तथा समावेशी विकासजस्ता राष्ट्रिय प्राथमिकताका विषयमा उम्मेदवारहरूसँग प्रत्यक्ष प्रश्न–उत्तर र संवाद गर्न सक्नेछन् ।
आईसीटी फाउन्डेसन नेपालका कोशी प्रदेश प्रतिनिधि केशब भण्डारीका अनुसार ‘उम्मेदवार मेला २०२६’ नागरिक, युवा नेताहरू, आईसीटीविज्ञ, उद्यमी तथा नीति–निर्माणसँग सम्बन्धित सरोकारवालालाई राजनीतिक उम्मेदवारहरूसँग जोड्ने अन्तरक्रियात्मक मञ्चका रूपमा डिजाइन गरिएको छ। कार्यक्रमको मुख्य उद्देश्य महत्त्वपूर्ण राष्ट्रिय प्राथमिकताका विषयमा रचनात्मक संवाद प्रवर्द्धन गर्नु रहेको उनले बताए ।
भण्डारीका अनुसार कोशी प्रदेशभरका विभिन्न जिल्लाका उम्मेदवारहरूलाई कार्यक्रममा जोड्ने प्रयास गरिएको छ । मतदाताहरूले पनि जुममार्फत् सहभागी भई उम्मेदवारहरूसँग प्रत्यक्ष प्रश्न सोध्न सक्नेछन् ।
कार्यक्रम तालिका अनुसार फागुन ७ गते कर्णाली प्रदेश, फागुन ८ गते सुदूरपश्चिम प्रदेश, फागुन ९ गते कोशी प्रदेश, फागुन १० गते गण्डकी प्रदेश, फागुन ११ गते बागमती प्रदेश, फागुन १२ गते मधेस प्रदेश तथा फागुन १३–१४ गते बागमती प्रदेश (काठमाडौँ केन्द्रित विशेष सत्र) आयोजना गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण