चागोस टापुबारे बेलायती सम्झौतामा ट्रम्पको आपत्ति
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले चागोस टापु मौरिससलाई दिने बेलायती योजनाको आलोचना गरे।
- बेलायतले डियगो ग्रेसिया टापु ९९ वर्षका लागि भाडामा लिने सम्झौता गर्दैछ, जहाँ बेलायत-अमेरिकाको सैन्य अड्डा छ।
- अन्तर्राष्ट्रिय अदालत र संयुक्त राष्ट्रसंघले मौरिससलाई टापु फिर्ता गर्न आग्रह गरेका थिए।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चागोस टापु मौरिससलाई दिने बेलायती योजनाको आलोचना गरेका छन् । बेलायती प्रधानमन्त्री किर स्टार्मरले ठुलो गल्ती गरिरहेको ट्रम्पले भनेका छन् ।
सम्झौताअनुसार बेलायतले हिन्द महासागरस्थित चागोस टापुको सार्वभौमसत्ता मौरिससलाई फर्काउनेछ भने रणनीतिक रूपमा महत्त्वपूर्ण डियगो ग्रेसिया टापु ९९ वर्षका लागि भाडामा आफूसँग राख्नेछ । यस टापुमा बेलायत–अमेरिकाको संयुक्त सैन्य अड्डा छ ।
ट्रम्पले सामाजिक सञ्जाल टुथ सोसलमा पोष्ट गर्दै स्टार्मरले महत्त्वपूर्ण टापुमाथिको नियन्त्रण गुमाइरहेको आरोप लगाए । तर अमेरिकी विदेश मन्त्रालयले भने यस सम्झौताप्रति आधिकारिक समर्थन जनाएको छ । चागोस सन १८१४ देखि बेलायती नियन्त्रणमा थियो । १९६० को दशकमा मौरिसस स्वतन्त्र हुनुअघि बेलायतले यसलाई अलग गरी डिएगो गार्सियामा सैन्य अड्डा स्थापना गर्न स्थानीय बासिन्दालाई हटाएको थियो ।
सन २०१९ मा अन्तर्राष्ट्रिय न्याय अदालतले टापुहरू मौरिससलाई फिर्ता गर्न सुझाव दिएको थियो, त्यसपछि संयुक्त राष्ट्रसंघले पनि बेलायतलाई हस्तान्तरण गर्न आग्रह गरेको थियो । बेलायती विदेश मन्त्रालयले सम्झौता राष्ट्रिय तथा मित्र राष्ट्रहरूको सुरक्षाका लागि महत्त्वपूर्ण भएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण