लुम्बिनी सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस मनायो
सारांश
- लुम्बिनी प्रदेश सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस देउखुरीमा विविध कार्यक्रमका साथ मनायो।
- कार्यक्रममा मन्त्री चौधरीले सुदृढ प्रजातन्त्रले नागरिक अधिकार पूरा गर्ने बताइन्।
- निमित्त प्रमुख सचिव मरासिनीले नागरिक अधिकारको कार्यान्वयनमा जोड दिए।
बुटवल । लुम्बिनी प्रदेश सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस विविध कार्यक्रमसहित मनाएको छ। प्रदेशको प्रशासनिक केन्द्र राप्ती उपत्यका (देउखुरी) मा बिहीबार मूल समारोह आयोजना गरिएको हो।
निमित्त प्रमुख सचिव शम्भुप्रसाद मरासिनीको अध्यक्षता तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सिता शर्मा चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा बोल्दै मन्त्री चौधरीले सुदृढ प्रजातन्त्रले मात्र नागरिकका अधिकार, समृद्धि र विकासका आकांक्षा पूरा गर्न सक्ने विश्वास व्यक्त गरिन्। उनले सबैको साझा प्रयासबाट प्रजातन्त्रलाई थप मजबुत बनाउन सकिने बताइन्।
निमित्त प्रमुख सचिव मरासिनीले संविधानले नागरिक अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै ती अधिकारको प्रभावकारी कार्यान्वयनमा सबै पक्ष गम्भीर हुनुपर्ने बताए।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोकबहादुर सुनारले २००७ सालको प्रजातान्त्रिक आन्दोलनपछि प्राप्त उपलब्धिहरूले जनजीविका, स्वतन्त्रता र अधिकारका क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याएको बताए।
दिवसका अवसरमा विभिन्न सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण