कांग्रेसको पहिलो प्राथमिकता ५ वर्षभित्र भ्रष्टाचारमुक्त मुलुक बनाउने
बिहीबार, ०७ फागुन २०८२, १४ : १२
सारांश
- नेपाली कांग्रेसका सभापति गगन थापाले ५ वर्षभित्र भ्रष्टाचारमुक्त मुलुक बनाउने बताए ।
- उनले भ्रष्टाचार गर्ने जो कोहीलाई पनि नछोड्ने र कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे ।
- थापाले भ्रष्टाचारमा संलग्न नेता र नातेदारलाई पनि कारबाही गर्ने बताए ।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको पहिलो प्राथमिकता ५ वर्षभित्र भ्रष्टाचारमुक्त मुलुक बनाउने रहेको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित ‘हाम्रो प्रतिज्ञा, तपाईँको प्रश्न’ शीर्षकको अन्तरक्रियामा सभापति थापाले भ्रष्टाचार गरेमा नेता पनि नहेर्ने, नाता पनि नहेर्ने बताए ।
‘हाम्रो पहिलो प्राथमिकता ५ वर्षभित्र भ्रष्टाचारमुक्त नेपाल बनाउँछौँ,’ सभापति थापाले भने, ‘हामीले भ्रष्टाचार गरेमा नेता पनि हेर्दैनौँ । नाता पनि हेर्दैनौँ ।’
भ्रष्टाचार गरेमा कोही पनि नबच्ने सभापति थापाले बताए । उनले भने, ‘गरेको भए हाम्रा नेता पनि पर्नुहुन्छ । नातेदार पनि पर्नुहुन्छ । हामी पनि गरेमा पर्छौ । गरेको भए पनि पर्छौ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण