हाइलाइट्समा पढ्नुहोस् एमालेका २५ बाचा
सारांश
- नेकपा एमालेले २०८२ को निर्वाचन घोषणापत्रमा समृद्धिका २५ आधारस्तम्भलाई प्राथमिकता दिएको छ।
- घोषणापत्रमा युवा स्वरोजगार, सामाजिक सुरक्षा र डिजिटल रूपान्तरणलाई प्राथमिकता दिइएको छ।
- एमालेको घोषणापत्रमा अर्थतन्त्र, श्रम, आवास, र पूर्वाधार विकास लगायतका विषयहरू समेटिएका छन्।
काठमाडौँ । नेकपा एमालेलेको २०८२ को निर्वाचन घोषणापत्रमा समृद्धिका २५ आधारस्तम्भलाई मुख्य प्राथमिकताका साथ अघि सारिएको छ ।
एमालेले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि युवा स्वरोजगार,सामाजिक सुरक्षा र डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राखेर चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
यस्ता छन् २५ बाचा (प्रतिबद्धता)
–हाम्रो अर्थः आधा दशकमा सय खर्ब– एक दशकमा २ सय खर्ब
–मर्यादित श्रमः स्वदेशमै रोजगारी, स्वदेशमै काम
–सुरक्षित, सम्मानजनक वासः आधुनिक, नागरिकमैत्री आवास
–गतिशील गाउँ, आधुनिक सहरः आर्थिक विकासको नयाँ लहर
–सहरको स्वच्छता, पूर्वाधारको पूर्णताः समुन्नत सहर हाम्रो प्रतिबद्धता
–स्वच्छ पानी, सफा आँगनः स्वस्थ नेपाली, हाम्रो अभियान
–उद्योग क्षेत्रको विस्तार, उत्पादनमा बृद्धिः २० प्रतिशत योगदान, राष्ट्रको समृद्धि
–आयात घटाउने, निर्यात बढाउनेः भुक्तानी सन्तुलन राष्ट्रिय पक्षमा ल्याउने
–आधुनिक खेती, उन्नत व्यवसायः कृषिमै रोजगारी, पर्याप्त आय
–हरियो वन, समुदायको धनः संरक्षण, उपयोग, दिगो व्यवस्थापन
–सहकारीमा सुशासन र पारदर्शिताः बचतकर्ताको हित, हाम्रो प्रतिबद्धता
–पर्यटकको वृद्धि, लामो बसाइः गाउँ, सहरमा काम र कमाइ
–खेतीयोग्य जमिनमा कुलो र नहरः बाह्रै महिना सिँचाइ, खाद्यमा आत्मनिर्भर
–गुणस्तरीय शिक्षा, उन्नत प्रविधिः ज्ञानयुक्त नागरिक, देशका निधि
–स्वस्थ खाना, योग/व्यायामः निरोगी नेपालको महाअभियान
–डिजिटल पूर्वाधारः विकास र सुशासनको आधार
–सुरक्षित यातायात, आधुनिक पूर्वाधारः दिगो विकास, समृद्धिको आधार
–स्वच्छ ऊर्जा, स्वदेशमा खपतः हरित विकास, विदेशमा निर्यात
–पुनर्निर्माण र नयाँ निर्माण
–सुदृढ वित्तीय प्रणालीः उत्पादनशील लगानी
–सिर्जनशीलता युवा, नवीन विचारः समाज रूपान्तरणको सुदृढ आधार
–ऊर्जावान् खेलाडी, देशको शानः खेलकुदको विकास, राष्ट्रको मान
–सफा हात, स्वच्छ प्रशासनः गुणस्तरीय सेवा, जनप्रिय शासन
–सबैसँग मित्रता, छैन कसैसँग शत्रुता
–नेपालका सद्भाव दूत, एनआरएनको सम्मानः मातृभूमिको विकासमा सार्थक योगदान
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण