एउटा पार्टीले बहुमत ल्याउने गरी निर्वाचन प्रणाली परिवर्तन गर्ने कांग्रेसको घोषणा
सारांश
- नेपाली कांग्रेसले प्रतिनिधिसभामा बहुमत ल्याउने गरी निर्वाचन प्रणाली परिवर्तन गर्ने बताएको छ।
- कांग्रेसले संविधान संशोधन गर्दा समावेशितालाई अझै बलियो बनाउने योजना बनाएको छ।
- सभापति गगन थापाले मन्त्रिपरिषद्मा महिला सहभागिता बढाउने योजनाबारे जानकारी दिए।
काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभामा कुनै पनि एउटा पार्टीले बहुमत ल्याउने गरी संविधान संशोधन गरेर निर्वाचन प्रणाली बदलिने बताएको छ ।
बिहीबार काठमाडौँमा आयोजित ‘हाम्रो प्रतिज्ञा, तपाईँको प्रश्न’ शीर्षकको अन्तरक्रियामा सभापति गगन थापाले संविधान संशोधन गर्दा समावेशितालाई झन् बलियो बनाइने बताए ।
‘संविधान संशोधन गरेर निर्वाचन प्रणाली संशोधन गर्ने हाम्रो तयारी छ,’ सभापति थापाले भने, ‘एउटा पार्टीले बहुमत ल्याउन सक्ने गरी निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने छ । संशोधन गर्दा समावेशितालाई अझै बलियो बनाउने गरी गर्ने हाम्रो योजना छ ।’
सभापति थापाले कांग्रेस संविधानप्रति सम्पूर्ण प्रतिबद्ध रहेको बताए ।
उनले मन्त्रिपरिषद्मा महिला सहभागिता बढाउनेबारे पनि कांग्रेसले योजना बनाएको बताए । त्यसका लागि संविधानको कुन कुन धारामा के के परिवर्तन गर्नपर्छ भनेर योजना बनाएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण