बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
टी-२० विश्वकप

श्रीलंकाद्वारा जिम्बाब्वेसामु जितका लागि १ सय ७९ रनको लक्ष्य प्रस्तुत

बिहीबार, ०७ फागुन २०८२, १६ : ५७
बिहीबार, ०७ फागुन २०८२

सारांश

  • टी-२० विश्वकपमा श्रीलंकाले जिम्बाब्वेलाई १७९ रनको लक्ष्य दियो।
  • पाथुम निशांकाले ६२ रन बनाए भने पवन रथनायकेले ४४ रनको योगदान दिए।
  • जिम्बाब्वेका ब्लेसिङ मुजरबानी र ग्रेम क्रेमरले २-२ विकेट लिए, दुवै टिम सुपर-८ मा पुगे।

कोलम्बो । टी–२० विश्वकप अन्तर्गत श्रीलंकाले जिम्बाब्वेसामु जितका लागि १ सय ७९ रनको लक्ष्य प्रस्तुत गरेको छ । कोलम्बोमा जारी समूह बी को खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७८ रन बनाएको हो ।

टोलीका लागि पाथुम निशांकाले सर्वाधिक ६२ रनको योगदान दिए । उनले ४१ बलमा ८ चौका हिर्काए । 

उनले पहिलो विकेटका लागि कुशल परेरासँग मिलेर श्रीलंकालाई आक्रामक सुरुवात दिलाएका थिए । दुवैले ३० बलमा ५४ रन जोडे । १४ बलमा २२ रन जोडेर परेरा आउट भए ।

त्यसपछि पवन रथनायकेले श्रीलंकाको पारी सम्हाल्दा अन्य ब्याटर भने सस्तोमा आउट भए । उनले २५ बलमा ४४ रन जोडे । यसक्रममा उनले ३ चौका र २ ५क्का प्रहार गरे । कुशल मेन्डिसले २० बलमा १४ रन जोडे ।  

जिम्बाब्वेका लागि यो विश्वकपमा सफल साबित भएका ब्लेसिङ मुजरबानीले ४ ओभरमा ३८ रन खर्चेर २ विकेट लिए । ग्रेम क्रेमरले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । ब्राड इभान्सले पनि ३ ओभरमा ३५ रन खर्चेर २ विकेट हात पारे । रायल बर्लले १ विकेट लिए ।

प्रतियोगितामा श्रीलंकाले ३ खेलमा जित हासिल गरेको छ। टोलीले आयरल्याण्ड, ओमान र अस्ट्रेलियालाई हराएको छ। 

अर्कोतर्फ, जिम्बाब्वेले ओमान र अस्ट्रेलियाविरुद्ध दुई खेल जितेको छ। आयरल्याण्डसँगको एउटा खेल भने वर्षाका कारण रद्द भएको थियो। 

ग्रुप बी बाट श्रीलंका ६ अङ्क र जिम्बाब्वे ५ अङ्कका साथ सुपर-८ मा पुगिसकेका छन्।

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप