निर्वाचन लक्षित नेपाल–भारतको सुरक्षा समन्वय बैठक : ७२ घण्टा सीमा सिल गर्ने सहमति
सारांश
- निर्वाचनलाई ध्यानमा राख्दै नेपाल र भारतका सुरक्षा अधिकारीहरूको बैठक विराटनगरमा सम्पन्न भयो।
- निर्वाचनलाई सुरक्षित बनाउन मतदानको ७२ घण्टा अगाडिदेखि सीमानाका बन्द गर्ने निर्णय गरियो।
- बैठकमा अवैध गतिविधि नियन्त्रण गर्न दुवै देशका सुरक्षा निकायले साझा रणनीति बनाउने सहमति भयो।
विराटनगर । यही फागुन २१ गते हुन लागेको निर्वाचनलाई मध्यनजर गर्दै नेपाल र भारतका सीमावर्ती सुरक्षा अधिकारीहरूबिच विराटनगरमा उच्चस्तरीय समन्वय बैठक भएको छ।
बैठकले निर्वाचनलाई धाँधलीरहित र सुरक्षित बनाउन मतदानको ७२ घण्टा अगाडिदेखि सीमानाका पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल र भारतको अररिया जिल्लाका मजिस्ट्रेट (डीएम) विनोद दुहनको सह–अध्यक्षतामा भएको छलफलले सुरक्षा रणनीतिका विभिन्न बुँदामा सहमति जुटाएको हो। सहमति अनुसार फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म सीमानाका सिल गरिनेछ ।
यस अवधिमा अत्यावश्यक सेवाबाहेकका सबै आवतजावतलाई रोक लगाइनेछ ।
बैठकमा सीमा क्षेत्रबाट हुन सक्ने अवैध घुसपैठ, लागुऔषध ओसारपसार, मानव बेचबिखन, जाली नोट र हतियार तस्करी नियन्त्रण गर्न दुवै देशका सुरक्षा निकायले साझा रणनीति अपनाउने प्रतिबद्धता जनाएका छन् ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार कुनै पनि शङ्कास्पद गतिविधिका बारेमा तत्काल सूचना आदानप्रदान गर्न दुवै पक्ष सहमत भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण