चोरीका दुई वटा स्कुटरसहित चार जना पक्राउ
सारांश
- प्रहरीले काठमाडौँबाट दुईवटा चोरीका स्कुटरसहित चार जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा विभिन्न स्थानका व्यक्तिहरू छन्।
- प्रहरीका अनुसार उनीहरूलाई स्कुटरसहित पक्राउ गरिएको हो।
काठमाडौँ । प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट दुई वटा चोरीका स्कुटरसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौँस्थित कीर्तिपुर नगरपालिका–१० स्थित गुरुङ टोलबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालिका–८ गैलनदीका २४ वर्षीय सन्तोष विष्ट, २२ वर्षीय धर्मेन्द्र खडायत, उदयपुर घर भई काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–१० बालुवाखानी कपन बस्ने १८ वर्षीय रविन परियार तथा २८ वर्षीय निर्मल परियार रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।
उनले भने, “प्रहरी प्रभाग ट्याङलाफाँटबाट खटिएको प्रहरी टोलीले सन्तोष विष्ट, धर्मेन्द्र खडायतलाई बाग्मती प्रदेश ०२–०१८प ७९३६ नम्बरको एनटिओआरओ १२५ सिसी स्कुटर तथा प्रहरी बृत्त थिमी भक्तपुर क्षेत्रबाट चोरी भएको बा६४प ३७५५ नम्बरको १२५ सिसीको डियो स्कुटरसहित रविन परियार र निर्मल परियारलाई पक्राउ गरिएको हो ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण