शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

महानगरले बनाएको साइकल लेनमा त्रुटि नै त्रुटि (तस्बिरहरू)

शुक्रबार, ०८ फागुन २०८२, ०९ : ४०
शुक्रबार, ०८ फागुन २०८२

सारांश

  • काठमाडौं महानगरपालिकाले माइतीघर मण्डलादेखि तीनकुनेसम्म साइकल लेन र फुटपाथ विस्तार सम्पन्न गरेको छ।
  • साइकल प्रयोगकर्ताहरूले लेन प्रयोगमा जटिलता रहेको र सुधारको आवश्यकता औंल्याएका छन्।
  • सडक खण्डको साइकल लेनको डिजाइन र गुणस्तरमाथि प्रश्न उठाउँदै प्रयोगकर्ता मैत्री बनाउनुपर्ने सुझाव दिइएको छ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले माइतीघर मण्डलादेखि तीनकुनेसम्म साइकल लेन र फुटपाथ विस्तारको काम लगभग सम्पन्न गरेको छ । यसअघि सडकमै हरियो रेखा कोरेर छुट्टाइएको साइकल लेन जोखिमपूर्ण र अव्यवहारिक भएको भनेर विरोध भएपछि चौडा फुटपाथसँगै साइकल लेन बनाइएको हो ।

तर साइक्लिस्टहरुले भने लेन प्रयोगमा जटिलता रहेको बताएका छन् । नेपाल साइक्लिङ संघका सचिव देवेन्द्र बस्न्यातले साइक्लिस्टहरुको दबाबपछि बल्ल लेन बनाउन लागिएको बताए । निर्माण भएपनि प्रयोगमा आउन नसकेको उनको भनाइ छ । 

CYCLE LANE (2)

उनले भने–'साइक्लिङमा लागि यो लेन सजिलो छैन । साइकल लेनको इन्ट्री प्वाइन्टमै समस्या देखियो । कतिपय ठाउँमा कनेक्सन पनि छैन । कतिपय ठाउँमा दुर्घटनाको जोखिम छ । धेरै ठाउँ साँघुरो छ । धेरै कुरा सुधार गर्नु पर्नेछ ।'

CYCLE LANE (3)

अर्का साइक्लिस्ट लक्ष्मण बानियाले विकसित देशमा आफूले साइकल कुदाऊँ कुदाऊँ लाग्ने आकर्षक साइकल लेन देखेको अनुभव सुनाउँदै पैदल यात्रु हिँड्ने र साइकल चलाउने लेन प्रस्ट रूपमा छुट्टाउनु पर्ने बताए । उनले भने–'यहाँ साइकल लेन भनिए पनि खास लेन छैन । साइकल चलाउने हो कि मान्छे हिँड्ने हो फरक नै छैन । डिजाइनरले आफूलाई साइक्लिस्ट सोचेर डिजाइन गर्नुपर्थ्यो तर त्यस्तो भएको छैन । आफूलाई थाहा नभए जान्ने मान्छेसँग परामर्श लिनुपर्थ्यो ।'

CYCLE LANE (4)

तीनकुने–माइतीघर सडक खण्डको साइकल लेनलाई लगभग १३ वर्षदेखि हेरिरहेका स्टोरी साइकलका सौरभ ढकाल भन्छन्–'पहिले जस्तो थियो अहिले पनि त्यस्तै छ । खाली इँटा मात्रै परिवर्तन गरिएको छ । ग्रेडिङ, क्वालिटी र सहजतामा पटक्कै काम भएको देखिँदैन । यो ठाउँमा नयाँ फुटपाथ बनाउने काम सुरु भएपछि हामीले महानगरलाई निवेदन पनि दिएका थियौँ । साइकल लेनको पुन डिजाइन गर्नुपर्छ भनेका थियौ । प्रयोगकर्ता मैत्री बनाउनुपर्छ भनेका थियौँ । साइकल चढ्ने मान्छे बढाउनुपर्नेमा यो लेनले त अझ घट्ने देखिएको छ । साढे तीन किलोमिटर पार गर्न झण्डै २० पल्ट ओर्लेर फेरि चढ्नुपर्छ ।  सरोकारवालासँग छलफल गरेर अझै पनि सुधार गर्ने मौका छ । ' 

CYCLE LANE (5)CYCLE LANE (6)CYCLE LANE (7)CYCLE LANE (8)CYCLE LANE (9)CYCLE LANE (10)CYCLE LANE (11)CYCLE LANE (12)CYCLE LANE (13)CYCLE LANE (14)CYCLE LANE (15)CYCLE LANE (16)CYCLE LANE (17)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप