एक वर्षमा ४० लाख भन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फिर्ता
शुक्रबार, ०८ फागुन २०८२, १४ : ३३
काठमाडाैँ । करिब एक वर्षको समय अवधिमा ४० लाख भन्दा बढी अफगान शरणार्थीहरू आफ्नो मातृ भूमि अफगानिस्तानमा फर्केको शरणार्थी र स्वदेश फिर्ती मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीले बताएका छन् ।
चालु वर्षको सुरु देखि अफगानिस्तानमा ४० लाख ७६ हजार ८०८ जना अफगान शरणार्थीहरू फर्केको जनाइएको छ । फर्किनेहरुमा स्वेच्छाले फर्केका र निर्वासितहरू समेत समावेश रहेको अफगानिस्तानका रेडियो टेलिभिजन लगायतका मिडियाले हक्कानीलाई उद्धृत गर्दै जनाएका छन् ।
स्वदेश फर्केर, अस्थायी रूपमा शिविरमा बसेकाहरु सबैलाई अत्यावश्यक सहायता प्राप्त गरे पछि आ–आफ्नो गृह प्रान्तमा सारिएको आधिकारिक मिडियाहरुले जनाएका छन् ।
सन् २०२१ अगस्टमा अफगान सरकारले सत्ता सम्हाले पछि ८० लाख भन्दा बढी अफगान शरणार्थीहरू स्वेच्छाले छिमेकी राज्य र अन्य देशहरूबाट स्वदेश फर्केको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण