उत्तर कोरियाका किम जोङले गरे जीवनस्तर सुधार्ने प्रतिज्ञा
काठमाडौँ । उत्तर कोरियाली नेता किम जोङ उनले सत्तारुढ वर्कर्स पार्टी अफ कोरियाको नवौं कंग्रेस उद्घाटन गर्दै जनताको जीवनस्तर सुधारलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् ।
पाँच वर्षमा एक पटक आयोजना हुने यो दुर्लभ कंग्रेसमा रक्षा, कूटनीति र अर्थतन्त्रसम्बन्धी प्रमुख नीतिगत लक्ष्य तय गरिन्छ ।
सरकारी समाचार एजेन्सी कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए)का अनुसार उद्घाटन सम्बोधनमा किमले आर्थिक निर्माण र जनजीवनस्तर उकास्ने ऐतिहासिक तथा जरुरी कार्यभार सामना गर्नुपरेको उल्लेख गर्दै निरन्तर र सक्रिय सङ्घर्षको आह्वान गरेका छन् ।
दशकौँसम्म आणविक हतियार र सैन्य शक्ति पहिलो प्राथमिकतामा राख्दै आएको प्योङयाङले खाद्य अभाव र आर्थिक कठिनाइ झेलेको छ । सन् २०११ मा सत्तामा आएपछि किमले सैन्य क्षमता कायम राख्दै अर्थतन्त्र सुदृढीकरणमा पनि जोड दिँदै आएका छन् । पछिल्ला पाँच वर्षका सबैभन्दा कठिन समय पार गरेको र अब देश आशावाद र आत्मविश्वासको नयाँ चरणमा प्रवेश गरेको दाबी पनि उनले गरेका छन् ।
दक्षिण कोरियाको योन्ह्याप न्यूज एजेन्सीले भने कंग्रेस केही दिनसम्म चल्ने र उत्तर कोरियाको आणविक कार्यक्रम तथा सियोल–वासिङ्टनप्रति सम्भावित संकेतहरू नजिकबाट हेरिने जनाएको छ । तर किमले उद्घाटन भाषणमा दक्षिण कोरिया र अमेरिकासँगको सम्बन्धबारे उल्लेख गरेका थिएनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण