ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
शुक्रबार, ०८ फागुन २०८२, १९ : २०
पोखरा । लमजुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दोर्दी गाउँपालिका १ भारतेस्थित ढिनगाउँको लाँकुरीभञ्ज्याङमा शुक्रबार बिहान ब्रेक फेल भएर ट्याक्टर पल्टिएको हो ।
ग १ त ४३९४ नम्बरको ट्याक्टर पल्टिँदा नुवाकोट स्थायी घर भई हाल सुन्दरबजार नगरपालिका ६ मा बस्दै आएका चालक ३७ वर्षीय शेरबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको हो ।
ढुङ्गा लोड गरेर गुडाउन खोज्दा ब्रेक फेल भएर ट्याक्टर पल्टिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे अनुसन्धान भइरहेको लमजुङ प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दनदनी बलिरहेको छ युरोप
-
प्रियंका कार्कीको चलचित्र ‘मास्टर्नी’ को टिजर सार्वजनिक
-
साउनको दोस्रो सोमबार पशुपतिसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
-
चितवनमा सडक निर्माण अलपत्र छाड्ने ठेकेदार कम्पनीको ठेक्का अन्त्य
-
सुनसरीका दुई गाउँपालिकामा पनि ५ जना भन्दाबढी भेला हुन निषेध
-
बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग अवरुद्ध, कहाँ-कहाँ रोकिए सवारी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण