टी–२० विश्वकप
ओमान १०४ रनमै समेटियो, एडम जाम्पाको घातक बलिङ
शुक्रबार, ०८ फागुन २०८२, २० : ५२
सारांश
- टी-२० विश्वकपमा ओमान मात्र १०४ रनमा अलआउट भयो।
- अस्ट्रेलियाका बलर एडम जाम्पाले ४ विकेट लिएर ओमानलाई सस्तोमा रोके।
- ओमानका वसिम अलीले सर्वाधिक ३२ रन बनाए।
क्यान्डी । टी-२० विश्वकपको अन्तिम समूह चरणको खेलमा ओमान मात्र १०४ रनमा अलआउट भएको छ। श्रीलङ्काको क्यान्डीस्थित पल्लेकेले स्टेडियममा शुक्रबार टस जितेर अस्ट्रेलियाले बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको ओमान १६.२ ओभरमा सबै विकेट गुमाउँदै सस्तैमा समेटिएको हो।
ओमानलाई सस्तोमा रोक्न अस्ट्रेलियाका स्पिनर एडम जाम्पाले घातक बलिङ गर्दै ४ विकेट लिए। त्यस्तै ग्लेन म्याक्सवेल र जेभियर बार्टलेटले समान २-२ विकेट हात पारे।
ओमानका लागि वसिम अलीले सर्वाधिक ३२ रनको योगदान दिए पनि अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण