दोस्रो राष्ट्रिय हक्की : गण्डकीलाई महिलातर्फको उपाधि
शुक्रबार, ०८ फागुन २०८२, २० : ५८
सारांश
- गण्डकी प्रदेशले दोस्रो राष्ट्रिय हक्की प्रतियोगिताको महिलातर्फको उपाधि जित्यो।
- महिलातर्फको उपाधि पछि, पुरुषतर्फ गण्डकी र सुदूरपश्चिम फाइनलमा भिड्ने पक्का भयो।
- प्रतियोगितामा गण्डकी र सुदूरपश्चिमले समान अंक जोडेर फाइनलमा प्रवेश गरे।
पोखरा । गण्डकी प्रदेशले दोस्रो राष्ट्रिय हक्की प्रतियोगिताको महिलातर्फको उपाधि शुक्रबार हात पारेको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै १२ अंक जोडेको गण्डकी च्याम्पियन बन्न सफल भएको हो।
महिलातर्फको उपाधि छिनोफानो भएसँगै अब सबैको ध्यान पुरुषतर्फको फाइनल खेलमा केन्द्रित भएको छ। पुरुषतर्फ गण्डकी र सुदूरपश्चिम प्रदेश उपाधिका लागि भिड्ने पक्का भएको छ। दुवै टोलीले समान ९–९ अंक जोड्दै फाइनलको यात्रा तय गरेका हुन्। नेपाल हक्की संघको आयोजनामा सञ्चालित यो प्रतियोगिता शनिबार समापन हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण