सीडीएससीका पाण्डेको नियुक्तिमाथि अन्तरिम आदेश अस्वीकृत
शुक्रबार, ०८ फागुन २०८२, २२ : ४४
सारांश
- उच्च अदालत पाटनले सीडीएससीका प्रबन्ध निर्देशक प्रवीण पाण्डेलाई पदमा बसेर कामकाज गर्न रोक लगाउन अस्वीकार गरेको छ।
- अदालतले विपक्षीबाट लिखित जवाफ माग गर्दै अन्तिम सुनुवाइमा सम्बोधन गर्ने जनाएको छ।
- उत्तम बहादुर श्रेष्ठले पाण्डेको नियुक्ति बदर गर्न माग गर्दै रिट निवेदन दायर गरेका थिए।
काठमाडौँ। उच्च अदालत पाटनले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का प्रबन्ध निर्देशक प्रवीण पाण्डेलाई पदमा बसेर कामकाज गर्न रोक्न माग गर्दै परेको रिटमा अन्तरिम आदेश अस्वीकृत गरेको छ । न्यायाधीश सोमकान्त मैनाली र नारायणप्रसाद सुवेदीको संयुक्त इजलासले शुक्रबार यस्तो आदेश दिएको हो ।
अदालतले विपक्षीबाट लिखित जवाफ मागेर अन्तिम सुनुवाइका क्रममा सम्बोधन गरिने भन्दै तत्काल अन्तरिम आदेश जारी गरिरहन आवश्यक नभएको ठहर गरेको छ ।
निवेदक उत्तम बहादुर श्रेष्ठले सीडीएससीका प्रबन्ध निर्देशक तथा कार्यकारी प्रमुखमा प्रवीण पाण्डेको नियुक्ति बदर गरी उनलाई कामकाज गर्न रोक्न माग गर्दै उत्प्रेषणको रिट निवेदन दायर गरेका थिए ।
सीडीएससीको सञ्चालक समितिले गत २०८१ पुस १४ गते पाण्डेलाई प्रबन्ध निर्देशक तथा कार्यकारी प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण