लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ
सारांश
- रूपन्देही प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गर्यो।
- पक्राउ परेका व्यक्तिहरू मोटरसाइकलमा सवार थिए र उनीहरूको साथबाट लागुऔषध बरामद भयो।
- प्रहरीले उनीहरूको घरमा खानतलासी गर्दा ब्राउन सुगर र तराजु फेला पार्यो।
लुम्बिनी । जिल्ला प्रहरी कार्यालय रूपन्देही प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । रूपन्देही गैँडहवा गाउँपालिका–गोबडौरी भन्ने ठाउँमा इलाका प्रहरी कार्यालय सूर्यपूरा रूपन्देही र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको संयुक्त टोलीले जाँच गर्दा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।
लुम्बिनीबाट सूर्यपूरातर्फ से ३ प ६०० नं को मोटरसाइकलमा आउँदै गरेका रूपन्देहीको मायादेवी गाउँपालिका–१ वसन्तपुर बस्ने ३४ वर्षीय जगदिश कुर्मी र सोही मोटरसाइकल पछाडि सवार गैँडहवा गाउँपालिका–४ कुसुमहवा बस्ने ३१ वर्षीय महेश कुर्मीबाट उक्त लागुऔषध बरामद गरिएको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए ।
प्रहरीले निजहरू बस्ने घरकोठा खानतलासी गर्दा ३७ ग्राम ४७० मिलिग्राम लागुऔषध ब्राउन सुगर र डिजिटल तराजुसहित फेला पारेको थियो । पक्राउ परेका दुवै जनाविरुद्ध इलाका प्रहरी कार्यालय लुम्बिनीले थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
-
सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन
-
प्रदेश सरकारको चाबी नेकपाको हातमा, तर पार्टीभित्र दुई मत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण