अस्ट्रियामा हिमआँधीमा परी दुई जनाको मृत्यु, यातायात र विद्युतमा व्यापक अवरूद्धता
सारांश
- अस्ट्रियामा आएको हिमआँधीले विद्युत सेवा र यातायातमा अवरोध पुर्यायो।
- हिमआँधीमा परी दुई जनाको मृत्यु भयो, जसमा एक जना स्की खेलाडी पनि थिए।
- भियना विमानस्थलका उडानहरू प्रभावित भए भने हजारौं परिवार बिजुलीबाट वञ्चित भए।
काठमाडौँ । अस्ट्रियामा शुक्रबार आएको ठुलो हिमआँधीका कारण व्यापक विद्युत सेवामा अवरोध आएको छ ।
आँधीका कारण सडकहरूमा रूख ढल्ने र सडक भत्किने समस्याले यातायात सेवामासमेत अवरोध देखिएको छ । हिउँको पुरिएका एक व्यक्तिसहित दुई जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
उत्तरी शहर लिन्जको आवासीय परिसरमा छानाबाट हिउँको लप्का खस्दा ५३ वर्षीय व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पश्चिमी टायरोल क्षेत्रमा हिमपहिरोमा परी जर्मनीका एक ‘स्की’ खेलाडीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अल्पाइन राष्ट्र अष्ट्रियामा बिहीबारदेखि परेको हिउँ जमिनमा ४० सेन्टिमिटर (१६ इन्च) सम्म जमेको छ । जसले दक्षिणपूर्वी अस्ट्रियाको ग्राज शहर वरपरको क्षेत्रमा हिमपहिरोको जोखिम बडेको छ ।
भियना विमानस्थलले बिहान सबै उडानहरू अस्थायी रूपमा रोक्न बाध्य भएको र दिउँसोको उडानहरू केही समयका लागि ‘अवरोध’ भएको बताएको छ।
“भियना वरपरको मुख्य राजमार्गहरूमध्ये एउटा राजमार्ग अनिश्चित (केही घण्टा) समयसम्म बन्द गरिएको थियो, र राजमार्गका अन्य भागहरू हिउँको बहाव, अलपत्र सवारी साधन वा खराब दृश्यका कारण अवरुद्ध भएका थिए,” राष्ट्रिय अटोमोबाइल एसोसिएसन (ओएएमटिसी) ले जनाएको छ।
इलेक्ट्रिक कम्पनीहरूले स्टायरियासहित दक्षिण र पूर्वका धेरै क्षेत्रहरूमा बिजुली कटौती भएको रिपोर्ट गरेको छ, जहाँ ३० हजार परिवारमा विद्युत् सेवा काटिएको छ।
स्लोभेनियामा पनि ४० हजार घरपरिवार प्रभावित भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण