बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

६५ लाख खर्चेर बागमतीका ६ ठाउँमा राखियो ट्रास बेरियर, कसरी गर्छ काम ? (तस्बिरहरू)

शनिबार, ०९ फागुन २०८२, ०९ : २७
शनिबार, ०९ फागुन २०८२

सारांश

  • बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौँका नदीमा तैरिने फोहोर सङ्कलनका लागि ट्रास बेरियर जडान गरेको छ।
  • ६५ लाख खर्च गरी गोकर्ण, गुहेश्वरी, पशुपति, मनोहरा, युएन पार्क र बालकुमारीमा बेरियर जडान गरिएको हो।
  • परीक्षणका रूपमा सुरु गरिएको यो प्रणालीले फोहोर सङ्कलन गर्न र आगामी बर्खामा यसको प्रभावकारिता हेर्ने योजना छ।

काठमाडौँ । सहरी विकास मन्त्रालय अन्तर्गतको बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौँका नदीहरूमा तैरिने फोहोर सङ्कलन गर्न ट्रास बेरियर जडान गरेको छ । ६५ लाख खर्च गरेर यस्ता बेरियर राखिएको हो ।

गत साउन २ गते सम्झौता गरेर ६ ठाउँमा यस्ता बेरियर राखिएको छ। गोकर्ण ब्यारेजभन्दा माथि, गुहेश्वरी नजिक, पशुपतिभन्दा तल तीलगंगामा, मनोहरा र बागमतीको दोभानमा, युएन पार्कमा र कर्मनाशा मिसिने ठाउँ बालकुमारीमा जडान गरिएको छ।

River Trash Barriers (2)

आयोजनाका उपनिर्देशक उद्धव नेपालका अनुसार ट्रास बेरियरले नदीमा तैरिने फोहोरहरु जस्तै प्लास्टिक, प्लास्टिकका बोत्तल, काठका टुक्राहरू, फोम लगायतका तैरिँदै बगेर आउने वस्तुलाई रोक्छ र एकै ठाउँबाट सङ्कलन गर्न सजिलो हुन्छ । परीक्षणको रूपमा यसलाई सुरु गरिएको हो । 

River Trash Barriers (3)

प्रारम्भिक रूपमा प्रभावकारी नै देखिएको उनले बताए । पानीको सतह घटबढ हुँदा बेरियर आफैँ तलमाथि हुन्छ । आगामी बर्खा सिजनमा यसले कसरी काम गर्छ त्यो हेरेर थप ठाउँ र नदीहरूमा राख्नेबारे तय गरिने नेपालले बताए । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

River Trash Barriers (4)River Trash Barriers (5)River Trash Barriers (6)River Trash Barriers (7)River Trash Barriers (8)River Trash Barriers (9)River Trash Barriers (10)River Trash Barriers (11)River Trash Barriers (12)River Trash Barriers (13)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप