एस मनि ट्रान्सफरमार्फत आइएमई गरेका बद्री लामाले जिते टाटा टियागो ईभी कार
सारांश
- दोलखाका बद्री लामाले पोर्चुगलबाट एस मनि ट्रान्सफरमार्फत आइएमई गर्दा टाटा टियागो ईभी कार जिते।
- काठमाडौँमा आयोजित कार्यक्रममा आइएमईका अध्यक्षले विजेता लामाको आमालाई कार हस्तान्तरण गरे।
- यस योजना अन्तर्गत, एस मनि ट्रान्सफरमार्फत पैसा पठाउने सेवाग्राहीहरू लक्की ड्रमा समावेश थिए।
काठमाडौँ । पोर्चुगलबाट एस मनि ट्रान्सफरमार्फत आइएमई गरेका सेवाग्राही दोलखाका बद्री लामाले टाटा टियागो ईभी कार जितेका छन्।
काठमाडौँमा आयोजित कार्यक्रममा आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले भाग्यशाली विजेता लामाको तर्फबाट उनकी आमा नरमाया तामाङलाई टाटा टियागो ईभी कार हस्तान्तरण गरे। अध्यक्ष ढकालले कार विजेतालाई बधाई दिनुका साथै आइएमई प्रति ग्राहकहरूले देखाएको विश्वासप्रति धन्यवाद व्यक्त गरे।
विदेशमा रहेर परिश्रम गरेर कमाएको रकम औपचारिक माध्यमबाट स्वदेश पठाउँदा त्यसले परिवार, समाज र अर्थतन्त्रमा सकारात्मक प्रभाव पारिरहेको पनि अध्यक्ष ढकालले उल्लेख गरे। सो अवसरमा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले विदेशको श्रम बजारमा काम गरेर मात्र धन–सम्पत्ति होइन, स्वदेशमा सीप र अनुभव हस्तान्तरण गर्दै उद्यमी बन्ने युवाको सङ्ख्या बढ्दै गएको बताए ।
गत कार्तिकदेखि माघसम्म सञ्चालित ‘एस मनि ट्रान्सफरको खबर छ, खुसी नै खुसी’ योजना अन्तर्गत विदेशबाट एस मनि ट्रान्सफरमार्फत पैसा पठाउने सेवाग्राहीहरू यो लक्की ड्रमा समावेश थिए। यसै योजनाअन्तर्गत दुई जना भाग्यशाली सेवाग्राहीहरूले आई फोन १६ इ पनि प्राप्त गरिसकेका छन्।
आइएमईले विगतदेखि नै विदेशमा आर्जित रकम औपचारिक माध्यमबाट पठाउन प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न योजना सञ्चालन तथा साझेदारी गर्दै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण