गौर झडप : ३ गाडी र दुई मोटरसाइकलमा आगजनी
काठमाडौँ । रौतहटमा दुई समुदाय बिच विवाद भएपछि सदरमुकाम गौर तनावग्रस्त भएको छ । ३ दिनअघि जन्ती गएका हिन्दु समुदायका मानिसहरू मस्जिद नजिक पुगेपछि विवाद सुरु भएको थियो । शनिवार गौरमा झडप भइरहेको छ ।
दुई समूहको बिचमा झडप हुँदा गौरमा ३ वटा गाडी र दुईवटा मोटरसाइकलमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी विष्णु प्रदीप बस्यालले रातोपाटीलाई बताए । उनले भने, ‘शुक्रवार पनि झडप भएको थियो ।’
गौर नगरपालिका–६ स्थित सवगडा गाउँका दुई समूहबिच दुई दिनदेखि लगातार झडप भइरहेको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । आक्रोशित समूहले गौर स्थित एउटा पेट्रोल पम्पमा पनि तोडफोड गरेका छन् ।
फागुन ८ बाट इस्लाम धर्मावलम्बीहरूको मुख्य पर्व रमजान सुरु भएको छ । यो पर्वमा मुस्लिम धर्मावलम्बीहरू एक महिनासम्म दिनभरि निराहार व्रत बसेर नमाज पढ्ने गर्छन् । मुस्लिमहरू नियमित काम सकेर एक महिनासम्म दिउँसो मस्जिदमा गएर नमाज पढ्ने गर्छन् । यो पर्वमा सूर्योदयदेखि सूर्यास्तसम्म पानी पनि नपिई व्रत बस्ने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण