अघिल्लो निर्वाचनमा नाउपाबाट रुपन्देही–१ मा उम्मेदवार बनेका धनिराम राप्रपा प्रवेश
शनिबार, ०९ फागुन २०८२, १३ : ५१
सारांश
- नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेका धनिराम चौधरी राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरे।
- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई भैरहवामा पार्टीमा स्वागत गरे।
- रुपन्देही-१ मा राप्रपाबाट प्रज्वल बोहोरा उम्मेदवार छन्।
भैरहवा । गत प्रतिनिधिसभा निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट ‘ढकिया’ चुनाव चिह्न लिएर रुपन्देही–१ मा उम्मेदवार बनेका धनिराम चौधरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन्।
चुनावी अभियानका क्रममा रुपन्देही र नवलपरासीका विभिन्न कार्यक्रममा सहभागी हुन भैरहवा पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शनिबार चौधरीलाई पार्टीमा स्वागत गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए ।
रुपन्देही–१ मा राप्रपाबाट प्रज्वल बोहोरा उम्मेदवार छन्। प्रज्वल राप्रपाका दिवंगत नेता दीपक बोहोराका सुपुत्र हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपीएल : अक्सनमार्फत ५२ जना खेलाडी छानिने
-
१०० बुँदे कार्यसूचीमा ८७ प्रतिशत प्रगति भएको सरकारको दाबी, कति भए कार्यान्वयन ?
-
एनपीएल अक्सनका लागि १५५ खेलाडीको सूची सार्वजनिक, 'ए' श्रेणीमा ५ खेलाडी (सूचीसहित)
-
नेपाल अरनिको यातायात सेवा प्रालिसमक्ष ८ बुँदे माग प्रस्तुत
-
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत पुराना कर्मचारीको सम्पत्ति छानबिन हुने
-
आगामी मौद्रिक नीतिमा राष्ट्र बैंकले लिनुपर्ने ७ एजेन्डा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण