चौथो मिल्स भेट्रान्स गोल्डकपको उपाधि आयोजकलाई
सारांश
- मिल्स भेट्रान्स क्लबले चौथो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जित्यो।
- फाइनल खेलमा मिल्स भेट्रान्सले हाम्रो इटहरी भेट्रान्स क्लबलाई १-० गोलले पराजित गर्यो।
- प्रतियोगितामा दिलीप बास्कोटा 'प्लेयर अफ द टुर्नामेन्ट' र सुरज श्रेष्ठ सर्वाधिक गोलकर्ता बने।
विराटनगर । चौथो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आयोजक मिल्स भेट्रान्स क्लब (निलो) ले जितेको छ ।
विराटनगरस्थित जुट मिलको खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा सुनसरीको ‘हाम्रो इटहरी भेट्रान्स क्लब’ लाई १–० गोल अन्तरले पराजित गर्दै आयोजक टोली च्याम्पियन बनेको हो ।
उपाधिसँगै आयोजक मिल्स भेट्रान्सले नगद ८१ हजार १११ रुपैयाँ र ट्रफी हात पारेको छ । उपविजेता बनेको इटहरी भेट्रान्सले नगद ४१ हजार १११ रुपैयाँसहित ट्रफीमा चित्त बुझायो ।
आयोजकको जितमा डेनिम राईले निर्णायक गोल गरे । कप्तान रानु राना मगरले डि–बक्स बाहिरबाट उपलब्ध गराएको उत्कृष्ट क्रस पासलाई सदुपयोग गर्दै राईले बललाई जाली चुमाएका थिए । सोही गोल नै टिमको जितका लागि पर्याप्त बन्यो ।
प्रतियोगिताको व्यक्तिगत विधातर्फ आयोजककै दिलीप बास्कोटा ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भए । त्यसैगरी, आयोजककै सुरज श्रेष्ठ प्रतियोगिताको सर्वाधिक गोलकर्ता (हाई स्कोरर) बने । उनले प्रतियोगिताभर कुल ३ गोल गरेका थिए । प्रतियोगिताको ‘म्यान अफ द सिरिज’ भने कोमल खवास घोषित भए ।
कोशी प्रदेशका वन तथा पर्यटनमन्त्री भीम पराजुलीको प्रमुख आतिथ्यमा पुरस्कार वितरण समारोह सम्पन्न भएको थियो । विजेता तथा उपविजेता खेलाडीहरूलाई विराटनगर–१६ का वडाअध्यक्ष उद्धवकुमार भुजेल, मिल्स भेट्रान्स क्लबका अध्यक्ष बुद्धिराज दराई लगायतले पुरस्कार वितरण गरेका थिए ।
गत फागुन ६ गतेदेखि मिल्स भेट्रान्स क्लब, रानीको आयोजनामा सुरु भएको यस प्रतियोगितामा जम्मा १० वटा टिमको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण