स्लोभाकियाले दियो युक्रेनलाई बिजुली कटौतीको धम्की
सारांश
- स्लोभाकियाका प्रधानमन्त्रीले युक्रेनलाई रुसी तेलको पारवहन दुई दिनभित्र सुरु गर्न अल्टिमेटम दिएका छन्।
- उनले माग पूरा नभए युक्रेनलाई आपत्कालीन विद्युत् आपूर्ति बन्द गर्ने चेतावनी दिएका छन्।
- प्रधानमन्त्री फिकोले युक्रेनलाई दोषारोपण गर्दै स्लोभाकियालाई वार्षिक ५० करोड युरो नोक्सानी भइरहेको बताए।
ब्राटिस्लाभा । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोले युक्रेनलाई दुई दिनभित्र रुसी तेलको पारवहन पुनः सुरु गर्न अल्टिमेटम दिएका छन् । माग पूरा नभए युद्धग्रस्त युक्रेनलाई दिइँदै आएको आपत्कालीन विद्युत् आपूर्ति बन्द गरिने उनले चेतावनी दिएका छन् । फिकोले शनिबार सामाजिक सञ्जाल एक्समार्फत युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई सम्बोधन गर्दै सो चेतावनी दिएका हुन् । सोभियतकालीन ड्रुज्बा पाइपलाइनमार्फत रुसी कच्चा तेलको प्रवाह सोमबारसम्म पुनः सुरु भएन भने सरकारी स्वामित्वको कम्पनी सेप्सलाई आपूर्ति रोक्न निर्देशन दिन सक्ने उनले बताएका छन् ।
युक्रेनले जनवरी अन्त्यतिर रुसी ड्रोन आक्रमणले पूर्वाधारमा क्षति पुर्याएपछि पाइपलाइन बन्द भएको जनाएको थियो । तर स्लोभाकिया र छिमेकी हंगेरीले भने युक्रेनमाथि आपूर्ति पुनः सुरु गर्न दबाब बढाइरहेका छन् ।
जेलेन्स्कीले आफ्नो देशप्रति दुर्भावनापूर्ण व्यवहार गरेको आरोप फिकोले लगाए । २०२५ जनवरी १ मा ट्रान्जिट सम्झौता समाप्त भएपछि युक्रेनले रुसी ग्यास पारवहन रोकेको निर्णयले स्लोभाकियालाई वार्षिक ५० करोड युरो नोक्सानी भइरहेको दाबी उनले गरे ।
यता युक्रेनका लागि स्लोभाकिया युरोपबाट आउने विद्युत्को महत्त्वपूर्ण स्रोत हो । ऊर्जा विज्ञहरूका अनुसार गत महिना युक्रेनले आयात गरेको विद्युत्मध्ये करिब १८ प्रतिशत स्लोभाकियाबाट आएको थियो, जुन रुसी आक्रमणले क्षतिग्रस्त युक्रेनी विद्युत् सञ्जालका लागि अत्यावश्यक मानिन्छ ।
यसैबीच हंगेरीका प्रधानमन्त्री भिक्टर अर्बनले पनि युरोपेली संघको युक्रेन सहयोग प्याकेज रोक्ने संकेत दिएका छन् । यसले क्षेत्रीय ऊर्जा र राजनीतिक तनाव थप बढ्ने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण