दोस्रो राष्ट्रिय हक्की : पुरुषतर्फ सुदूरपश्चिम र महिलातर्फ गण्डकीलाई उपाधि
काठमाडौँ । नेपाल हक्की संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दोस्रो राष्ट्रिय हक्की प्रतियोगिताको पुरुषतर्फ सुदूरपश्चिम प्रदेश र महिलातर्फ गण्डकी प्रदेशले उपाधि जितेका छन्।
शनिबार फ्लड लाइटमा भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा सुदूरपश्चिम र गण्डकीले २–२ गोलको बराबरी खेलेका थिए। यो बराबरीसँगै १२ अंक जोडेको सुदूरपश्चिम च्याम्पियन बन्यो भने ९ अंकका साथ गण्डकी दोस्रो स्थानमा सीमित भयो। कोशी प्रदेशले ६ अंक बटुल्दै तेस्रो स्थान सुरक्षित गर्यो।

महिलातर्फको प्रतिस्पर्धामा भने गण्डकी प्रदेशको दबदबा रह्यो। गण्डकीले १२ अंक जोडेर पहिलो स्थान हासिल गर्दा ९ अंकसहित सुदूरपश्चिम दोस्रो र ६ अंकसहित मधेश प्रदेश तेस्रो भए। दुवै विधामा शीर्ष तीन स्थान ओगट्ने टोलीले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गरे।
लुम्बिनी र कर्णालीबाहेकका ५–५ प्रदेश टोली सहभागी रहेको यो प्रतियोगितामा विजेता खेलाडीलाई बागमती प्रदेशकी उपसभामुख अप्सरा चापागाईं र राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी सदस्य सुवर्ण श्रेष्ठ लगायतले पुरस्कृत गरे।
व्यक्तिगत विधातर्फ पुरुषमा सुदूरपश्चिमका महेश नेपाली उत्कृष्ट खेलाडी घोषित भए। यस्तै गण्डकीका संगम घर्ती मगर उत्कृष्ट डिफेन्डर, सुदूरपश्चिमका विवेक जोशी उत्कृष्ट गोलरक्षक, बागमतीका अनिश खड्का उदीयमान खेलाडी र कोशीका सुदिप चौधरी सर्वाधिक गोलकर्ता चुनिए।
महिलातर्फ गण्डकीकी अंकिता अधिकारी उत्कृष्ट खेलाडी बन्दा गण्डकीकै सन्जु मगर उत्कृष्ट गोलरक्षक बनिन्। त्यस्तै सुदूरपश्चिमकी करुण ठगुन्ना उत्कृष्ट डिफेन्डर, मधेशकी लक्ष्मनीयाकुमारी दास उदीयमान खेलाडी र सुदूरपश्चिमकी बविता उराउ सर्वाधिक गोलकर्ता ठहरिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण