रौतहटमा धार्मिक सहिष्णुता बिथोल्न खोजेको आरोपमा २३ जना नियन्त्रणमा
सारांश
- रौतहटको गौरमा हिन्दु र मुस्लिम समुदायबीचको विवाद बढाएको आरोपमा जनमत पार्टीका जिल्ला इन्चार्ज र वडा अध्यक्ष पक्राउ परेका छन्।
- कर्फ्यु उल्लंघन गरेको आरोपमा जम्सेद र शाहसहित २१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
- गौरमा हिन्दु र मुस्लिम समुदायबीचको झडपमा ३ वटा गाडी र २ वटा मोटरसाइकलमा आगजनी भएको थियो।
काठमाडौँ । रौतहटको गौरमा हिन्दु र मुस्लिम समुदायको विवादलाई थप चर्काउने भूमिका खेलेको आरोपमा प्रहरीले जनमत पार्टीका जिल्ला इन्चार्ज शेख जम्सेद र गौर नगरपालिका–६ का वडा अध्यक्ष अवध बिहारी शाहलाई पक्राउ गरेको छ ।
जम्मेद र शाह सहित कर्फ्यू उल्लङ्घन गर्ने थप २१ जनालाईपनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रहरी कार्यालय रौतहटका डीएसपी विष्णु प्रदीप बस्यालले रातोपाटीलाई बताए । उनले भने, ‘अहिलेसम्म २३ जनालाई हामीले नियन्त्रणमा लिएका छौँ ।’
कर्फ्यु उल्लङ्घन गरेको आरोपमा पक्राउ पर्नेमा १५ वर्षीय मोहम्मद कैफ लगायत छन् ।
शनिवार मध्यान्ह १ बजेदेखि गौरको पूर्व मडबलवा गेट, पश्चिम लालवकैया बाँध, उत्तर बम नहर र दक्षिण गौर भन्सार कार्यालय क्षेत्रमा लगाइएको कर्फ्यू निरन्तर छ । अहिले जिल्ला प्रशासन कार्यालयमा हिन्दु मुस्लिम विवादबारे सर्वपक्षीय छलफल भइरहेको डीएसपी बस्यालले बताए ।
जन्ती गएका हिन्दु समुदायका मानिसहरू मस्जिद नजिक पुगेपछि विवाद सुरु भएको थियो । त्यसपछि हिन्दु समुदायले रमजानमा नमाज पढेको समयमा डिजे बजाएर डिस्टर्ब गरेको मुस्लिम समुदायको आरोप छ । शनिबार दुई समूहको बिचमा झडप हुँदा गौरमा ३ वटा गाडी र दुई वटा मोटरसाइकलमा आगजनी गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण