मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

अब कुनै पनि बहानामा चुनाव रोक्नु हुँदैन : केपी ओली

आइतबार, १० फागुन २०८२, १३ : ५५
आइतबार, १० फागुन २०८२

सारांश

  • केपी शर्मा ओलीले फागुन २१ को निर्वाचनप्रति आशङ्का व्यक्त गरे।
  • ओलीले सरकारलाई निर्वाचन रोक्न नहुने र धाँधलीको आशङ्का निवारण गर्न आग्रह गरे।
  • एमालेले निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचनका लागि सहयोग गर्ने प्रतिबद्धता जनायो।

झापा । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २१ को निर्वाचनप्रति आशङ्का पैदा भएको बताएका छन् । चुनावी अभियानमा निर्वाचन क्षेत्र झापा आएका अध्यक्ष ओलीले सञ्चारकर्मीमाझ प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् । 

सरकारले त्यो आशङ्कालाई निवारण गर्नुपर्ने भन्दै ओलीले अब निर्वाचनलाई कुनै पनि बहानामा रोक्न नहुने धारणा ओलीको छ । उनले मानिसहरू निर्वाचनमा धाँधलीको आशङ्का गम्भीर रूपमा गरिरहेको बताए । त्यस प्रकारको आशङ्काको समेत सरकारले निवारण गर्नुपर्ने उनको भनाई थियो । 

शान्तिप्रति मानिसहरू ढुक्क नभएको बताउँदै अध्यक्ष ओलीले शान्ति सुरक्षाको प्रत्याभूति गराउन सरकारलाई सुझाव दिएका छन् ।  ‘निर्वाचनमा सहभागी भइसके पनि मेरो दलको तर्फबाट निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचनका लागि एमाले सहयोग गर्न तयार छ’, ओलीले एमाले निर्वाचनको वातावरण विगार्ने, बिथोल्ने काममा सहभागी नहुने पनि स्पष्ट पारेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप