शङ्कराचार्य अविमुक्तेश्वरानन्द विरुद्ध यौन शोषणको मुद्दा, चेला पनि तानिए
सारांश
- प्रयागराजमा ज्योतिष पीठका शंकराचार्य स्वामी अविमुक्तेश्वरानन्द सरस्वतीविरुद्ध नाबालक शिष्यहरूलाई यौन शोषण गरेको आरोपमा एफआईआर दर्ता गरिएको छ।
- अदालतको आदेशपछि शंकराचार्य र उनका शिष्य मुकुन्दानन्दसहित अन्य २-३ जना अज्ञात व्यक्तिहरूविरुद्ध पोक्सो एक्ट अन्तर्गत मुद्दा दर्ता गरिएको हो।
- शंकराचार्यले भने आरोपलाई निराधार र षडयन्त्रपूर्ण दाबी गर्दै उजुरीकर्ता आशुतोष ब्रह्मचारीमाथि आरोप लगाएका छन्।
प्रयागराज । प्रयागराजको झूँसी थानामा ज्योतिष पीठका शङ्कराचार्य स्वामी अविमुक्तेश्वरानन्द सरस्वती विरुद्ध नाबालक शिष्यहरूको यौन शोषण गरेको गम्भीर आरोपमा एफआईआर दर्ता गरिएको छ। अदालतको आदेशपछि प्रहरीले शङ्कराचार्यसहित उनका शिष्य मुकुन्दानन्द र अन्य २–३ जना अज्ञात व्यक्तिहरू विरुद्ध पोक्सो एक्ट अन्तर्गत मुद्दा दर्ता गरेको हो।
जगद्गुरु रामभद्राचार्यका शिष्य आशुतोष ब्रह्मचारी महाराजले दायर गरेको याचिकामा सुनुवाइ गर्दै प्रयागराजको विशेष पोक्सो अदालतले शनिबार एफआईआर दर्ता गरी निष्पक्ष छानबिन गर्न आदेश दिएको थियो।
मुद्दाका उजुरीकर्ता आशुतोष ब्रह्मचारीका अनुसार माघ मेलामा सञ्चालित उनको शिविरमा दुई नाबालक शिष्यहरूले शरण लिन आइपुगेका थिए। ती नाबालकहरूले आफूहरू असुरक्षित रहेको बताउँदै शङ्कराचार्य र उनका सहयोगीहरूले विगत एक वर्षदेखि आफूहरूमाथि निरन्तर कुकर्म र यौन शोषण गरिरहेको खुलासा गरेका थिए।
पीडित बालकहरूले अदालतमा क्यामरा अगाडि बयान दिँदै महाकुम्भ २०२५ र माघ मेला २०२६ को समयमा पनि आफूहरूमाथि पटक–पटक यौन हिंसा भएको बताएका छन्।
दर्ता गरिएको एफआईआरमा उल्लेख भए अनुसार शङ्कराचार्यका शिष्यहरूले नाबालकहरूलाई ‘यो गुरु–सेवा हो र यसबाट आशीर्वाद मिल्छ’ भन्दै यौन कार्यका लागि दबाब दिने गरेका थिए। शङ्कराचार्यले आफ्नै गाडीभित्र समेत जबर्जस्ती गर्ने गरेको र बालकहरूलाई आफूसँगै सुत्न बाध्य पार्ने गरेको गम्भीर आरोप लगाइएको छ।
पीडितहरूले मौका पाएर शिविरबाट भागेपछि यो घटना बाहिर आएको हो। उजुरीकर्ता आशुतोष ब्रह्मचारीले सुरुमा प्रहरी प्रशासनले सुनुवाइ नगरेपछि आफू अदालतको शरणमा जानुपरेको र अहिले न्यायको आश जागेको बताएका छन्।
- शङ्कराचार्यको बचाउ: षड्यन्त्र र फर्जी मुद्दा
यता शङ्कराचार्य अविमुक्तेश्वरानन्दले भने आफूमाथि लागेको आरोपलाई पूर्णतः निराधार र योजनाबद्ध षड्यन्त्र भएको दाबी गरेका छन्। उनले उजुरीकर्ता आशुतोष ब्रह्मचारी 'हिस्ट्रीशिटर' भएको र अरूलाई धम्क्याएर रकम असुली गर्ने कार्यमा संलग्न रहेको आरोप लगाएका छन्। रामभद्राचार्यले आफ्ना चेलामार्फत आफूलाई फसाउन झुटो मुद्दा हाल्न लगाएको शङ्कराचार्यको जिकिर छ। उनले अनुसन्धानमा पूर्ण सहयोग गर्ने र सत्य चाँडै बाहिर आउने विश्वास व्यक्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण