अपडेट
निर्वाचनकाे समयमा तीन दिन सार्वजनिक बिदाका लागि सिफारिस
आइतबार, १० फागुन २०८२, १६ : ३३
सारांश
- निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि सरकारलाई तीन दिन बिदा दिन सिफारिस गरेको छ।
- आयोगका अनुसार, मतदाताको सहभागिताका लागि फागुन २०, २१ र २२ गते बिदाको सिफारिस गरिएको हो।
- सरकारले बिदा स्वीकृत गरेमा, होली पर्व र नारी दिवससमेत जोड्दा लगातार ७ दिन सार्वजनिक बिदा हुनेछ।
काठमाडौँ । फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।
आयोगका कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार निर्वाचनमा सबै मतदाताको सहभागिताका लागि फागुन २०, २१ र २२ गते गरि तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरिएको हो ।
‘हामीले फागुन २१,२२ र २३ गते सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेका छौँ । स्वीकृत गर्ने/नगर्ने सरकारको कुरा हो’, भण्डारीले भने ।
यदि आयोगको सिफारिस अनुसार सरकारले बिदा स्वीकृत गरेमा लगातार ७ दिन सार्वजनिक बिदा हुने छ । फागुन १८ र १९ गते दुई दिन होली पर्व, २० देखि २१ निर्वाचन तथा २३ र २४ गते क्रमश: शनिबार र आइतबार अन्तर्राष्ट्रिय नारी दिवस समेत पर्ने भएकाले लगातार एक हप्ता बिदा हुने भएको हो।
यसअघि समाचार शीर्षकमा अन्यथा भएकाले सच्याइएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण