एमालेकी निवर्तमान सांसद थपलिया रास्वपामा प्रवेश
सोमबार, ११ फागुन २०८२, १३ : ४८
सारांश
- पूर्व सांसद सम्झना थपलिया राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरिन्।
- सिराहाको गोलबजारमा आयोजित कार्यक्रममा थपलियासहित एमालेका नेता कार्यकर्ता रास्वपामा प्रवेश गरे।
- थपलियाले एमालेमा परिवारवाद हाबी भएको र पुराना कार्यकर्ताको मूल्याङ्कन नभएको आरोप लगाएकी थिइन्।
सिराहा । नेकपा एमालेकी निवर्तमान सांसद सम्झना थपलिया राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेकी छन् । सिराहाको गोलबजारमा आयोजित एक विशेष कार्यक्रमका बिच थपलियासहितका एमाले नेता, कार्यकर्ता रास्वपामा भित्रिएका हुन् ।
उनीहरूलाई रास्वपाका नेता तथा समानुपातिक उम्मेदवार पुरुषोत्तम यादवले पार्टीमा स्वागत गरेका थिए । थापा २०७९ को निर्वाचनमा खस आर्यतर्फकी समानुपातिक सांसद हुन् ।
लामो समय एमालेमा सक्रिय रहेकी थपलियाले केही समयअघि मात्रै नेकपा एमाले सिराहा जिल्लामा ‘परिवारवाद’ हाबी भएको र पुराना कार्यकर्ताको मूल्याङ्कन नभएको आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेकी थिइन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण