फिल्म ‘कुमारी’ र ‘रमिताको पिरती’ ले कति कमाए ?
सोमबार, ११ फागुन २०८२, १५ : १८
काठमाडौँ । गत २४ माघदेखि एकसाथ देशभर प्रदर्शनमा आएका फिल्महरू हुन् ‘कुमारी’ र ‘रमिताको पिरती’ ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको गत शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार फिल्म ‘कुमारी’को ६३ लाख २४ हजार ७१ रुपैयाँ ग्रस कलेक्सन छ । यो अवधिमा १९ हजार ३ सय ७९ वटा टिकट बिक्री भएका छन् ।
दिनेश राउत निर्देशित फिल्ममा अभिषेक खड्का र आकृति राजभण्डारी, घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की लगायतको अभिनय छ ।
त्यस्तै ‘रमिताको पिरती’ले बक्सअफिसमा २५ लाख ५५ हजार ८३ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यो अवधिमा ७ हजार ८०३ वटा बिक्री भएका छन् । महिला निर्देशक सुदीप्ता अधिकारीले निर्देशन गरेको फिल्ममा आना शर्मा, विनय श्रेष्ठ, धीरज मगर, समीर श्रेष्ठ, गौमाया गुरुङ लगायतको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण