बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा हेमराज ढकालको उम्मेदवारी, प्यानल पनि घोषणा

सोमबार, ११ फागुन २०८२, १८ : ५४
सोमबार, ११ फागुन २०८२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि हेमराज ढकाल समूहले आफ्नो प्यानल घोषणा गरेको छ।

महासंघको ६० औं वार्षिक साधारणसभाबाट चुनिने वरिष्ठ उपाध्यक्ष पदमा हेमराज ढकालले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। आगामी चैत २८ गते हुन लागेको निर्वाचनका लागि ढकालले आज एक कार्यक्रमका बीच आफ्नो आधिकारिक प्यानल सार्वजनिक गरेका हुन्। 

सार्वजनिक गरिएको टिमअनुसार ढकालको प्यानलबाट उपाध्यक्षको प्रत्याशीमा ज्योत्सना श्रेष्ठ रहेकी छिन्। त्यसैगरी, एसोसिएट उपाध्यक्ष पदमा उमेश डालमियाले उम्मेदवारी दिने भएका छन्। त्यस्तै, जिल्ला नगर उपाध्यक्षतर्फ ढकालको टिमबाट कल्पना गैरे र नरेशलाल श्रेष्ठ उम्मेदवार बनेका छन्।उपाध्यक्ष प्रस्तावित महिलामा कमला श्रेष्ठले उम्मेदवारी घोषणा गर्ने तयारीमा छन् । आगामी निर्वाचनमा यो समूहले प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिने तयारी गरेको छ। 

आगामी चैत २८ र २९ मा हुने वार्षिक साधारण सभासँगै नयाँ कार्यसमिति चयन हुँदैछ । जुनबेला हालका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ विधानतः स्वतः अध्यक्ष हुनेछन् । बाँकी अन्य पदका लागि भने चुनावी प्रतिस्पर्धा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप