इंग्ल्याण्डविरुद्ध ऐतिहासिक पहिलो जितको खोजीमा पाकिस्तान
सारांश
- इंग्ल्यान्ड र पाकिस्तान बीचको टी-२० विश्वकप २०२६ को खेल पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुँदैछ।
- इंग्ल्यान्डले श्रीलंकालाई ५१ रनले हराएर सुपर ८ मा राम्रो सुरुवात गरेको छ, भने पाकिस्तानको पहिलो खेल वर्षाले रद्द भयो।
- पाकिस्तानको स्पिन बलिङ उसको मुख्य हतियार हो, तर ब्याटिङमा स्थिरता चिन्ताको विषय बनेको छ।
क्यान्डी । आईसीसी टी-२० विश्वकप २०२६ को ४५औं खेलमा इंग्ल्याण्ड र पाकिस्तान भिड्दै छन्। सुपर ८ को यो रोमाञ्चक र उच्च दबाबपूर्ण खेल मंगलबार पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुँदैछ।
खेल नेपाली समय बेलुका ७:१५ बजे सुरु हुनेछ । इंग्ल्याण्डले श्रीलंकामाथि ५१ रनको सानदार जितसहित सुपर ८ को सुरुवात गरेको छ भने पाकिस्तानको यस चरणको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो।
श्रीलंकालाई हराउँदै उच्च मनोबलमा इंग्ल्याण्ड
आफ्नो पछिल्लो खेलमा फिल साल्टको अर्धशतकको मद्दतले इंग्ल्याण्डले १४६/९ को योगफल तयार पारेको थियो। त्यसपछि बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै श्रीलंकालाई १६.४ ओभरमा मात्र ९५ रनमा अलआउट गरे।

यस जितले इंग्ल्याण्डलाई दुई महत्त्वपूर्ण अंक मात्र दिलाएन, उनीहरूको नेट रनरेटमा पनि ठूलो सुधार ल्यायो। उता, कोलम्बोमा वर्षाका कारण सुपर एटको आफ्नो पहिलो खेल रद्द भएपछि पाकिस्तानले न्युजिल्यान्डसँग अंक बाँडेको थियो।
पाकिस्तानको स्पिन बलियो हतियार
खेल अघि बढ्दै जाँदा सुस्त हुने पिचमा पाकिस्तानी टोली आफ्ना विविध स्पिन हतियारमा निर्भर रहनेछ। टोलीसँग उस्मान तारिकको ‘मिस्ट्री स्पिन’ का साथै सइम अयुब, अबरार अहमद, शादाब खान र मोहम्मद नवाजजस्ता उत्कृष्ट स्पिनरहरूको गहिराइ छ।

यद्यपि, उत्कृष्ट स्पिन आक्रमणको सामना गर्दा पाकिस्तानको ब्याटिङमा देखिने अस्थिरता भने चिन्ताको विषय बनेको छ। ओपनर साहिबजादा फरहानले राम्रो प्रदर्शन गरिरहेका छन्, तर सइम अयुब र कप्तान सलमान अली आगाले अझै आफ्नो लय समात्न सकेका छैनन्।
पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको पिच रिपोर्ट
पल्लेकेले स्टेडियम ब्याटिङमैत्री मैदानको रूपमा चिनिन्छ, जहाँ टी-२० मा १५० भन्दा बढीको स्कोर बन्नु सामान्य मानिन्छ। यस पिचमा राम्रो पेस र बाउन्स (क्यारी) पाइन्छ, जसले गर्दा ब्याटरहरूलाई एकपटक पिचको अनुमान भइसकेपछि सट खेल्न सजिलो हुन्छ।
बलरहरूले आफ्नो लाइन र लेन्थमा विशेष ध्यान दिनुपर्नेछ किनभने थोरै मात्र गल्ती भए पनि यस विकेटमा ब्याटरले कडा प्रहार गर्न सक्छन्।
हेड-टु-हेड रेकर्ड
टी-२० अन्तर्राष्ट्रिय खेलहरूमा इंग्ल्याण्ड र पाकिस्तान अहिलेसम्म ३१ पटक भिडेका छन्। जसमध्ये इंग्ल्याण्डले २१ खेल जितेको छ भने पाकिस्तानले ९ खेलमा मात्र जित हात पारेको छ (१ खेल नतिजाविहीन)।
टी-२० विश्वकपको इतिहासमा यी दुई टोली यसअघि तीन पटक आमनेसामने भएका छन् र तीनै पटक इंग्ल्याण्डले बाजी मारेको छ। यस प्रतियोगितामा यी दुई टोली पछिल्लो पटक सन् २०२२ को फाइनलमा होबार्टमा भिडेका थिए। त्यो निकै प्रतिस्पर्धात्मक खेल थियो, जहाँ इंग्ल्याण्डले १३८ रनको लक्ष्य ६ बल बाँकी छँदै पूरा गरेको थियो।
सम्भावित प्लेइङ ११
इंग्ल्याण्डको सम्भावित ११: फिलिप साल्ट, जोस बटलर (विकेटकिपर), ज्याकब बेथेल, टम बान्टन, ह्यारी ब्रुक (कप्तान), साम करन, विल ज्याक्स, जेमी ओभरटन, लियाम डसन, जोफ्रा आर्चर र आदिल रशिद।

पाकिस्तानको सम्भावित ११: साहिबजादा फरहान, सइम अयुब, सलमान अली आगा (कप्तान), बाबर आजम, ख्वाजा नाफे, शादाब खान, उस्मान खान (विकेटकिपर), मोहम्मद नवाज/फहीम अशरफ, सलमान मिर्जा, उस्मान तारिक र अबरार अहमद।
प्रमुख खेलाडीहरू को-को हुन्?
पाकिस्तानका ओपनर साहिबजादा फरहानले जारी प्रतियोगितामा ७३.३३ को औसत र १६४.१७ को स्ट्राइक रेटमा २२० रन बनाएका छन्। बलिङतर्फ पाकिस्तानका उस्मान तारिकले ३ खेलमा ८.३७ को औसतले ८ विकेट लिएका छन्।

इंग्ल्याण्डका लागि स्पिनर आदिल रशिदले यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै ५ इनिङ्समा ८ विकेट लिएका छन् भने विल ज्याक्सले यस संस्करणका ५ खेलमा तीन पटक ‘प्लेयर अफ द म्याच’ को अवार्ड जितिसकेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण