फुटबलमा नयाँ नियमको तयारी : घाइते भएर उपचार गराउने खेलाडी एक मिनेट मैदान बाहिर बस्नुपर्ने
सारांश
- फिफाले फुटबल खेलको गति बढाउन र समय खेर फाल्ने प्रवृत्ति रोक्न नयाँ नियम ल्याउँदैछ।
- नयाँ नियमअनुसार चोट लागेर उपचार गराएका खेलाडीले कम्तीमा एक मिनेट मैदान बाहिर कुर्नुपर्नेछ।
- ईफाबको बैठकले यो नियम पारित गरे आगामी सिजनदेखि विश्वभरका प्रतियोगितामा लागु हुनेछ।
लण्डन । फुटबल खेलको गतिलाई तीव्र बनाउन र समय खेर फाल्ने प्रवृत्तिलाई रोक्न अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले नयाँ नियम ल्याउने तयारी गरेको छ। प्रस्तावित नयाँ व्यवस्था अनुसार अब मैदानमा चोट लागेर उपचार गराउने खेलाडीले पुनः खेलमा फर्कन कम्तीमा एक मिनेट मैदान बाहिर कुर्नुपर्नेछ।
शनिबार हुने इन्टरनेशनल फुटबल एसोसिएशन बोर्ड (ईफाब) को वार्षिक साधारण सभाले यस लगायत अन्य विभिन्न सुधारका प्रस्तावहरू पारित गर्ने सम्भावना छ। हालको नियममा घाइते खेलाडी कति समयसम्म मैदान बाहिर बस्नुपर्छ भन्ने कुनै निश्चित समय तोकिएको छैन। यसैको फाइदा उठाउँदै कतिपय खेलाडीले समय कटाउनका लागि चोटको बहाना गर्ने गरेको भन्दै फिफाले यो कदम चाल्न लागेको हो।
फिफाका रेफ्री प्रमुख पियरलुइजी कोलिनाका अनुसार खेलको प्रवाहलाई निरन्तरता दिन र अनावश्यक अवरोध कम गर्न यस्तो नियम आवश्यक देखिएको हो। यसअघि डिसेम्बरमा भएको अरब कपमा फिफाले दुई मिनेटको नियम परीक्षण गरेको थियो। त्यस्तै, अमेरिकी मेजर लिग सकरमा पनि यदि कुनै खेलाडी १५ सेकेन्डभन्दा बढी मैदानमा लडिरह्यो र फिजियो बोलाउनुपर्यो भने निश्चित समय बाहिर बस्नुपर्ने नियम छ।
बेलायतको प्रिमियर लिगले भने सन् २०२३-२४ को सिजनदेखि नै आफ्नै हिसाबले ३० सेकेन्डको नियम लागू गरिसकेको छ। गत जनवरीमा भएको इफाबको बैठकमा घाइते खेलाडीका लागि निश्चित समय तोक्ने विषयमा सहमति भए पनि कति समय भन्नेमा विवाद भएको थियो। कतिपयले दुई मिनेटको समय निकै लामो हुने भन्दै विरोध गरेपछि अहिले एक मिनेटको प्रस्तावमा सहमति जुट्ने देखिएको छ।
यो नियम लागू भएपछि खेलाडीहरूले सामान्य चोटमा मैदानमा लामो समय बिताउने प्रवृत्ति घट्ने र दर्शकले थप रोमाञ्चक एवं नरोकिएको खेल हेर्न पाउने अपेक्षा गरिएको छ।
शनिबारको बैठकले यो नियमलाई आधिकारिक रूपमा फुटबलको कानुनमा समावेश गर्ने निर्णय गरेमा आगामी सिजनदेखि विश्वभरका प्रतियोगितामा यसको प्रभाव देखिनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण