गोदावरीको बस्तीमा पसेको जंगली मृगको प्रहरीद्वारा सकुशल उद्धार
सारांश
- ललितपुरको गोदावरी नगरपालिकामा जंगली मृग फेला परेको थियो।
- प्रहरीले स्थानीयको सहयोगमा मृगलाई सकुशल उद्धार गर्यो।
- उद्धार गरिएको मृगलाई डिभिजन वन कार्यालय गोदावरीको जिम्मा लगाइयो।
ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–३ किटिनीस्थित मानव बस्तीमा फेला परेको एक जंगली मृगलाई प्रहरीले सकुशल उद्धार गरेको छ। स्थानीय मिना सुवालको घरभित्रको कम्पाउण्डमा मंगलबार दिउँसो अचानक मृग पसेको फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
बस्तीमा वन्यजन्तु पसेर असुरक्षित हुन सक्ने सूचना पाउनासाथ जिल्ला प्रहरी परिसर ललितपुर मातहतको प्रहरी प्रभाग गोदावरीबाट विशेष टोली घटनास्थल पुगेको थियो। प्रहरी सहायक निरीक्षक (प्रसनि) हिमाल थापा मगरको कमाण्डमा खटिएको उक्त टोलीले बिहान ११:५३ बजेको समयमा मृगलाई नियन्त्रणमा लिएको हो।
घरको परिसरभित्र अलमलिएको अवस्थामा रहेको मृगलाई कुनै चोटपटक लाग्न नदिई सावधानीपूर्वक उद्धार गरिएको प्रहरीले जनाएको छ। वन क्षेत्रबाट भड्किएर मृग बस्तीमा आइपुगेको अनुमान गरिएको छ।
उद्धार गरिएको उक्त जंगली मृगलाई आवश्यक संरक्षण र व्यवस्थापनका लागि तत्कालै डिभिजन वन कार्यालय गोदावरीको जिम्मा लगाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण