प्रधान सेनापति अशोकराज सिग्देलद्वारा पूर्वी पृतनाको निरीक्षण
मङ्गलबार, १२ फागुन २०८२, २३ : १५
सारांश
- अशोकराज सिग्देलले इटहरीस्थित पूर्वी पृतना हेडक्वाटरको निरीक्षण गरे।
- उनले निर्वाचनबारे कोशी प्रदेशका पदाधिकारीसँग छलफल गरे।
- निर्वाचन निष्पक्ष बनाउन सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिए।
सुनसरी । प्रधान सेनापति महारथी अशोकराज सिग्देलले मंगलबार पूर्वी पृतना हेडक्वार्टर, इटहरीको निरीक्षण गरेका छन् ।
निरीक्षणको क्रममा उनले कोशी प्रदेश निर्वाचन कमान्ड पोष्टका पदाधिकारीसँग आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी विविध विषयमा छलफल तथा अन्तरक्रिया गरेको पूर्वी पृतना हेडक्वाटरले जानकारी दिएको छ ।
प्रधान सेनापति सिग्देलले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गराउन उच्च सतर्कता एवं प्रभावकारी सुरक्षा व्यवस्था सुनिश्चित गर्न निर्देशन दिएका थिए ।
पूर्वी पृतनाका पृतनापति गौरवकुमार केसीले आगामी निर्वाचनको तयारी, सुरक्षा अवस्था, संवेदनशील क्षेत्र, जनशक्ति र स्रोतसाधन परिचालनसम्बन्धी योजनाबारे प्रधान सेनापतिलाई जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण