राप्रपाको सहायक महामन्त्री छाडेका शाह रास्वपा प्रवेश, पाए जिम्मेवारी
सारांश
- राप्रपाका सहायक महामन्त्री सौरेन्द्र बहादुर शाह रास्वपामा प्रवेश गरे।
- उनलाई रास्वपाले संघीय निर्वाचन सम्पादन समितिमा सदस्य र काठमाडौंमा समन्वयको जिम्मेवारी दियो।
- उनले पार्टीप्रति इमानदार रहेर काम गर्ने प्रतिबद्धता जनाए।
काठमाडौँ । राप्रपाको सहायक महामन्त्री पद छाडेका सौरेन्द्र बहादुर शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । चुनावी माहौल बढिरहेकै बेला उनी रास्वपा प्रवेश गरेर पार्टीको प्रचार प्रसारमा जुटेका छन् ।
पार्टी प्रवेशसँगै उनलाई रास्वपाले जिम्मेवारी समेत दिइसकेको छ । उनलाई पार्टी उपसभापति डीपी अर्याल मातहतको संघीय निर्वाचन सम्पादन समितिमा सदस्य र काठमाडौँ जिल्लामा पार्टीको सम्बन्धित क्षेत्रहरूमा सहयोग र समन्वय गर्ने गरी जिम्मेवारी दिइएको हो।
उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत रास्वपाले जिम्मेवारी दिएको जानकारी गराउँदै लेखेका छन्, ‘पार्टीको उपसभापति डीपी अर्यालजी संयोजक रहेको संघीय निर्वाचन सम्पादन समितिमा सदस्य र काठमाडौँ जिल्लामा पार्टीको सम्बन्धित क्षेत्रहरूमा सहयोग र समन्वय गर्ने गरी मलाई जिम्मेवारी दिएकोमा पार्टीलाई धन्यवाद ।’
उनले पार्टीप्रति पूर्णरुपले इमानदार र शिरमा देश राखेर आफ्नो कार्य सम्पन्न गर्ने प्रतिबद्धता समेत जनाएका छन् । पार्टी सञ्चालनको विधि र प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै उनले माघ अन्तिम साता राप्रपा परित्याग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
महिला टी-२० विश्वकप: दक्षिण अफ्रिकालाई हराउँदै इङ्ल्यान्ड फाइनलमा
-
१३०० भन्दा बढी घरमा खानेपानी सुविधा विस्तार
-
स्पेनले थप्यो अर्को गोल
-
कर्णाली दुर्घटना अपडेटः आज बिहानैदेखि बेपत्ताहरुको खोजीकार्य सुरु हुने
-
रास्वपाले आज सांसदलाई ‘डिजिटल प्लेटफर्म’ बारे अभिमुखीकरण दिँदै
-
यस वर्ष काठमाडौँ महानगरपालिकामा विपद्का घटनामा कमी, यस्तो छ तथ्यांक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण