जेनजीको मागअनुसार कांग्रेस परिवर्तित भएर जनतामाझ आएको छ: उपसभापति शर्मा
सारांश
- विश्वप्रकाश शर्माले जेनजीको मागअनुसार कांग्रेस परिवर्तन भएको बताए।
- उनले युवा पुस्ताको मागअनुसार पार्टीभित्र परिवर्तन ल्याएको दाबी गरे।
- शर्माले आगामी निर्वाचनमा जनताले कांग्रेसलाई समर्थन गर्ने विश्वास व्यक्त गरे।
महोत्तरी । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेनजीको मागअनुसार नेपाली कांग्रेस परिवर्तित भएर जनतामाझ आएको बताएका छन् ।
कांग्रेस महोत्तरीले जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ ले जलेश्वरमा बुधबार आयोजना गरेको चुनावी कोणसभामा उनले परिवर्तनका लागि जेनजीले गरेको आन्दोलनको भावनाअनुसार सबैभन्दा पहिले आफ्नो पार्टीमा परिवर्तन आएको दाबी गरे ।
उपसभापति शर्माले जेनजीकै मागअनुसार नै लामो समय पार्टीभित्र पुस्तान्तरणको आवाज उठाउँदै आएका गगनकुमार थापालाई पार्टी सभापति बनाएर चुनावमा आएकाले अब जनताले त्यसको मूल्याङ्कन गर्नुपर्ने धारणा राखे ।
“गत भदौमा भएका जेनजी आन्दोलनमा नवयुवाहरूले सुशासनको कुरा गरे, त्यसका लागि राजनीतिक दलहरू रूपान्तरण आउनुपर्छ भन्ने सन्देश दिए । त्यहीअनुसार हामीले पार्टीमा सुधार सुरु गरेका छौँ, युवालाई देशको बागडोर सुम्पिँदै आउने निर्वाचनपश्चात् पार्टी सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएका छौँ । देशभर नयाँ उम्मेदवार अगाडि सारेर आएका छौँ”, उनले भने ।
उपसभापति शर्माले देशले मागेको विकास, चाहेको परिवर्तन र खोजेको सरकार केवल आफ्नो पार्टीले दिन सक्ने भन्दै यसपालिको निर्वाचनमा जनताले पनि आफूहरूको अभियानलाई अनुमोदन गर्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण