शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

रुपन्देहीमा आजको लागि तय भएको कांग्रेस चुनावी सभा भोलिलाई सारियो

बिहीबार, १४ फागुन २०८२, ०९ : २५
बिहीबार, १४ फागुन २०८२

काठमाडौँ । नेपाली कांग्रेसको आजका लागि तय भएको चुनावी सभा भोलिका लागि सारिएको छ । प्रवक्ता देवराज चालिसेले भोलि रुपन्देही र पोखरामा चुनावी सभा हुने जानकारी दिए । 

सुर्खेत र  बाँके भने आजै चुनावी सभा हुने भएको छ । सभामा सभापति गगन कुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा लगायतका नेताहरू सहभागी हुने प्रवक्ता चालिसेले जानकारी दिए।

ती सभाहरुमा सम्बन्धित प्रदेश भित्रका प्रतिनिधि सभा निर्वाचन क्षेत्रका उम्मेदवार तथा स्थानीय नेताहरू पनि सहभागी हुने छन्।  फागुन १७ गते काठमाण्डौंमा चुनावी सभा गर्ने कांग्रेसको तयारी रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप