चार जनालाई झपट पुरस्कार
सारांश
- झपट पुरस्कार व्यवस्था समितिले चार जनालाई झपट पुरस्कार दिने निर्णय गरेको छ।
- सनत रेग्मी र राजेन्द्र थापालाई जनही एक-एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
- डा.गोपालप्रसाद शर्मा र डा.कान्छी महर्जनलाई संयुक्त रूपमा एक लाख रुपैयाँको पुरस्कार दिइनेछ।
काठमाडौँ । झपट पुरस्कार व्यवस्था समितिले चार जनालाई झपट पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष अरुण राणाको अध्यक्षातामा बसेको बैठकले सो निर्णय गरेको हो ।
सनत रेग्मी र राजेन्द्र थापालाई जनही एकएक लाख रुपियाँ राशि तथा डा.गोपालप्रसाद शर्मा र डा.कान्छी महर्जनलाई संयुक्त रूपमा एक लाख रुपियाँ राशिको झपट पुरस्कार प्रदान गरिने भएको छ ।
आख्यानका माध्यमबाट नेपाली साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान दिएबापत सनत रेग्मीलाई झपट पुरस्कार प्रदान गरिने भएको छ ।
यसै गरी शब्दमार्फत नेपाली भाषालाई जनप्रिय बनाउन उद्धत गीतकार जनरल राजेन्द्र थापालाई ‘यज्ञ केशर पुरस्कार’ प्रदान गरिने भएको छ ।
नेपाली भाषासाहित्यमा विद्यावारिधि गर्ने डा.गोपालप्रसाद शर्मा र डा.कान्छी महर्जनलाई ‘सैनध्वज नन्दकुमारी शोध पुरस्कार’ प्रदान गरिने भएको छ ।
इन्दिरा प्रसाईको संयोजकत्वमा गठित प्रा.डा.हेमचन्द्र नेपाल र प्रा.डा. भरतकुमार भट्टराई सदस्य रहेको झपट पुरस्कार छनौट समितिले पुरस्कृत स्रष्टाहरुको नाउँ सिफारिस गरेको समितिका सदस्यसचिव रेखा राणाद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण