अस्तव्यस्त बन्दै काठमाडौँको ट्राफिक (तस्बिर)
सारांश
- काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ, ट्राफिक प्रहरीको उपस्थिति पातलिएको छ।
- सवारी चालकले ट्राफिक नियमको पालना नगर्दा र जथाभाबी सवारी चलाउँदा जाम बढ्दै गएको छ।
- जनशक्ति अभावका कारण पैदलयात्री र चालकलाई सास्ती, भित्री सडकदेखि राजमार्गसम्मै भद्रगोल स्थिति छ।
काठमाडौँ । संघीय राजधानी काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन पछिल्लो समय निकै चुनौतीपूर्ण र अस्तव्यस्त बन्दै गएको छ। सडकमा सवारी साधनको चाप बढ्दो क्रममा रहे पनि ट्राफिक प्रहरीको उपस्थिति भने पातलिँदै जाँदा सवारी व्यवस्थापन नियन्त्रण बाहिर पुग्न लागेको हो।
_37rNhFXth0.jpg)
विगतका दिनहरूमा मुख्य चोक र व्यस्त सडकखण्डमा ट्राफिक प्रहरीको बाक्लो उपस्थिति रहँदा सवारी आवागमन केही हदसम्म व्यवस्थित हुने गरेको थियो। तर अहिले उपत्यकाका धेरैजसो स्थानमा ट्राफिक प्रहरी फाट्टफुट्ट मात्रै देखिन थालेका छन्।
_6s7mUHFZkU.jpg)
सडकमा नियमन गर्ने निकायको उपस्थिति कम भएपछि सवारी चालकहरूले ट्राफिक नियमको पालना नगर्ने र जथाभाबी सवारी चलाउने प्रवृत्ति बढेको छ। यसले गर्दा कार्यालय समयमा मात्र नभई अन्य समयमा पनि सहरका विभिन्न ठाउँमा घण्टौँसम्म सवारी जाम हुने गरेको छ।
_TVQyoXo7CF.jpg)
ट्राफिक प्रहरीको सङ्ख्या घटेसँगै पैदलयात्रीले सडक पार गर्न र सवारी चालकले आफ्नो पालो कुरेर अघि बढ्न निकै सास्ती खेप्नु परिरहेको छ। सडक व्यवस्थापनका लागि खटिने जनशक्ति अभावका कारण काठमाडौँका भित्री सडकदेखि मुख्य राजमार्गसम्मै भद्रगोल स्थिति सिर्जना भएको छ।
_Ljrai0G9YQ.jpg)
_MX1fx1Kgx0.jpg)
_bu23PmXKMP.jpg)
_ahb5wkl4Af.jpg)
_PRgS5gNZ7k.jpg)
_xCxkcsdCzf.jpg)
_BPBtNH2V3U.jpg)
_fbPzBJ0dYf.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण