आचारसंहिता कार्यान्वयनका माग गर्दै सर्वोच्च रिट
सारांश
- सर्वोच्च अदालतले आचारसंहिता पूर्ण कार्यान्वयनको माग गर्दै रिट दायर गरेको छ।
- रिटमा पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता विपरीतका सामग्री प्रसारण नगर्न माग गरिएको छ।
- निवेदनमा निर्वाचन परिणाम झल्कने सामग्री प्रसारण नगर्न र प्रकाशित सामग्री हटाउन माग गरिएको छ।
काठमाडौँ । सर्वोच्च अदालतले यही फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा आचारसंहिता पूर्ण कार्यान्वयन गर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ ।
अधिवक्ता आभास रेग्मी, आयुष बडाल, आकाश ढकालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार काठमाडौँ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबार काठमाडौँलगायतलाई विपक्षी बनाई आज दायर गरेको रिट निवेदनमा उक्त माग गरिएको छ ।
रिट निवेदनमा भनिएको छ, “पत्रकार आचारसंहिता, २०७३ र निर्वाचन आचारसंहिता, २०८२ विपरीत नागरिकको संविधान प्रदत्त धारा २७ गोपनीयताको हकलाई निस्तेज गर्ने, भ्रम पैदा गर्नेजस्ता समाचार सामग्री सम्प्रेषण नगर्नु/नगराउनु भनी परमादेश जारी गरी पाउँ ।”
रिट निवेदनमा निर्वाचन आचारसंहिता, २०८२ विपरीत हुने कुनै पनि किसिमको समाचार सामग्री सम्प्रेषण नगर्नु भनी विपक्षीमध्येका सेतोपाटी अनलाइनका नाममा प्रतिषेधको आदेश माग गरिएको छ ।
“संविधान प्रदत्त मौलिक हकको उपभोगमा अनुचित प्रभाव पर्ने, निर्वाचनसम्बन्धी गलत सन्देश नागरिकमा जाने, नागरिकसँग गरिएका कुराकानीले निजको जिउधनमा असुरक्षा पैदा भई अपूरणीय क्षति पुग्ने हुन्छ”, रिट निवेदनमा भनिएको छ, “यो रिट निवेदनको अन्तिम टुङ्गो लाग्न समय लाग्ने भएकाले निर्वाचन आउन केही दिन बाँकी रहँदा निर्वाचन परिणाम झल्कने ‘विश्लेषण’ ‘सर्वेक्षण’लगायत विभिन्न नाममा समाचार सामग्री सम्प्रेषण गर्ने, छाप्ने, फैलाउनेजस्ता कार्य नगर्नु प्रकाशित गरेका सामग्री हटाउनु”, रिट निवेदनमा माग गरिएको छ ।
उक्त रिट निवेदनमा सुनुवाइका लागि शुक्रबार पेसी तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण