समतामूलक समाज निर्माणमा मगर समुदायले निर्वाह गरेको भूमिका सम्मानजनक : बालेन शाह
सारांश
- बालेन शाहले मगर समुदायको भूमिका अतुलनीय र सम्मानजनक रहेको बताए।
- उनले मगर समुदाय मौलिक संस्कार, परम्परा, कला, भेषभूषाको धनी रहेको बताए।
- उनले मगर समुदायले नेपाल एकीकरणमा खेलेको भूमिकाको प्रशंसा गरे।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले न्यायमूलक तथा समतामूलक समाज निर्माणमा मगर समुदायले निर्वाह गरेको भूमिका ऐतिहासिक रूपमा अतुलनीय र सम्मानजनक रहेको बताएका छन् ।
शुक्रबार राष्ट्रिय मगर दिवसका अवसरमा शुभकामना दिँदै उनले सो कुरा बताएका हुन् । नेता शाहले मगर दिवसलाई संसारभर छरिएर रहेका मगर समुदायले उल्लासपूर्वक मनाउने दिनका रुपमा स्मरण गर्ने गरेको उल्लेख समेत गरेका छन् ।
शाहले सो समुदाय मौलिक संस्कार, परम्परा, कला, भेषभूषाको धनी तथा आफ्नो जातीय पहिचान र मौलिकतालाई संरक्षण गर्न उदाहरणीय रूपमा सजग र प्रतिबद्ध रहेको समेत बताएका छन् ।
उनले भनेका छन् : ‘आफ्नै मौलिक संस्कार, परम्परा, कला, भेषभूषाको धनी तथा आफ्नो जातीय पहिचान र मौलिकतालाई संरक्षण गर्न उदाहरणीय रूपमा सजग र प्रतिबद्ध मगर समुदायको यस विशेष दिनको अवसरमा सम्पूर्णमा सुख, शान्ति तथा समृद्धिको शुभकामना, एकताको हार्दिक शुभकामना।’
उनले नेपाल एकीकरणको अभियानमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको मगर समुदायले आफ्नो वीरतामार्फत नेपाली पहिचानलाई विश्वमाझ चिनाउन पुर्याएको योगदानदेखि वर्तमानसम्म आइपुग्दा नेपालको राजनीतिक र सामाजिक रूपान्तरणमा खेलेको भूमिका अमूल्य र सम्मानजनक रहेको समेत बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण