ओखलढुङ्गाका वृद्ध दम्पतीको हत्या र लुटपाटमा संलग्न दुई जना पुर्पक्षका लागि जेल चलान
सारांश
- ओखलढुङ्गाको चिशंखुगढीमा वृद्ध दम्पतीको हत्या आरोपमा दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।
- ७४ वर्षीय चन्द्र विक्रम राई र उनकी ८० वर्षीया श्रीमती चन्द्र माया राईको हत्या माघ १२ गते भएको थियो।
- हत्यामा संलग्न धन बहादुर राना मगर र एक नाबालकलाई प्रहरीले पक्राउ गरी अदालतले थुनामा पठाएको हो।
ओखरढुङ्गा । ओखलढुङ्गाको चिशंखुगढीमा वृद्ध दम्पतीको हत्या गरी लुटपाट गर्ने कार्यमा संलग्न अभियुक्तहरूलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
चिशंखुगढी गाउँपालिका वडा नं.६ बोहोरेका ७४ वर्षीय चन्द्र विक्रम राई र उनकी ८० वर्षीया श्रीमती चन्द्र माया राईको हत्यामा संलग्न ३४ वर्षीय धन बहादुर राना मगर र अर्का एक १७ वर्षीय नाबालकलाई पुर्पक्षका लागि चलान गरिएको हो।
गत माघ १२ गते राति करिब १० बजेको समयमा यी दम्पतीको विभत्स हत्या भएको थियो। हत्यापछि लुटपाट गरेर फरार रहेका उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), कोशी प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको संयुक्त टोलीले माघ २३ गते काठमाडौँको डल्लुबाट पक्राउ गरेको थियो। अनुसन्धान पूरा भएपछि ओखलढुङ्गा जिल्ला अदालतले फागुन १४ गते उनीहरूलाई थुनामा पठाउन आदेश दिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।
अदालतको आदेशसँगै मुख्य अभियुक्त धनबहादुर राना मगरलाई कारागार कार्यालय ओखलढुङ्गा पठाएको छ भने घटनामा संलग्न नाबालकलाई सुधारका लागि बालसुधार गृह विराटनगर पठाइएको छ। उनीहरूमाथि लुटपाट र कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाइएको थियो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विक्रम बहादुर भट्टराईका अनुसार गम्भीर प्रकृतिको यस घटनालाई प्रहरीले विशेष प्राथमिकतामा राखेर सूक्ष्म अनुसन्धान गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजार निरन्तर ओरालो, धितोपत्र बोर्ड घेर्न पुगे लगानीकर्ता
-
चार शीर्ष टोलीको सेमिफाइनल यात्रा नयाँ 'ड्र' प्रणालीकै कारण हो ? किन लाग्यो यस्तो आरोप ?
-
सरकार भन्छ, ‘पर्याप्त मल छ’, किसान भन्छन्– हामीले पाएनौँ !
-
गणेश नेपाली प्रकरण ओझेलमा पार्न सरकारकै आडमा त्रास फैलाइयो : मल्ल
-
राजमार्ग खुला भएसँगै नयाँ बसपार्कमा बढ्यो चहलपहल, तस्बिरहरु
-
देश निराशा र सङ्कटमा छ, लोकतन्त्र समाप्त भए कोही रहँदैनौँ : डा. अमरेश सिंह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण