अपाङ्गतामैत्री सेवा प्रवाहमा बजेटको अभाव
काठमाडाैँ । अपाङ्गता भएका युवाहरूका लागि यौन तथा प्रजनन स्वास्थ्यमा समान, सुरक्षित र सम्मानजनक पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । ललितपुरमा आयोजित एक कार्यक्रममा सरोकारवालाहरूले उनीहरुको अधिकार सुनिश्चित गर्नका लागि नीतिगत सुधार, सेवा प्रदायकको क्षमता विकास र संरचनागत सुधार गर्नुपर्नेमा जोड दिएका हुन्।
स्वास्थ तथा जनसंख्या मन्त्रालय अन्तर्गत परिवार कल्याण महाशाखाकी प्रतिनिधि सर्मिला दाहाल पौडेलले अपाङ्गतामैत्री सेवा प्रवाहका लागि बजेट वृद्धि, क्षमता विकास र सरोकारवालाबीच समन्वय आवश्यक रहेको बताइन् ।
उनले स्वास्थ्य सम्बन्धि संरचनाहरूलाई क्रमशः अपाङ्गतामैत्री बनाउने काम भइरहेको बताइन् ।
उनले भनिन्,‘अपांगता मैत्री हुनुपर्छ भन्ने कुरा कम्तिमा पनि सो क्षेत्रमा काम गर्ने सबैलाई हुनुपर्छ । कुनै पनि व्यक्तिले गेटबाट छिर्ने बित्तिकै उनीहरुमैत्री व्यवहार हुनुपर्याे । अब यो फाईनान्सियल च्यालेन्जको पार्टमा धेरैले सरकारलाई सहयोग गर्ने यो काम गर्न सकिन्छ पनि भन्नु भएको छ । अति अशक्त भएकाहरुलाई घरमा नै गएर सेवा दिँदा पनि फरक पर्दैन । आवश्यकताअनुसार उनीहरुलाई अस्पताल नै पुर्याएर पनि सेवा दिने काम गर्नु पर्दछ ।’
लफलका क्रममा सहभागीहरूले अपाङ्गता भएका युवाहरूको यौन तथा प्रजनन स्वास्थ सेवामा पहुँच सुधारका लागि सेवा प्रदायकलाई समावेशी सेवा प्रदान गर्न तालिम दिने, अपाङ्गतामैत्री पूर्वाधार विकास गर्ने, सांकेतिक भाषा र ब्रेलजस्ता पहुँचयोग्य सामग्री उपलब्ध गराउने, तथा समुदायस्तरमा सचेतना अभिवृद्धि गर्नुपर्ने बताइन्।
नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी प्रतिनिधि बाला राईले विद्यालय स्वास्थ्य कार्यक्रममार्फत यौन तथा प्रजनन स्वास्थ सेवा विस्तार गर्ने र अभिभावकलाई लक्षित कार्यक्रम विकास भइरहेको जानकारी गराउँदै यस्ता पहलहरू सरकारसँग समन्वय गरेर अघि बढाउनुपर्ने बताइन्।
उनले अपांगता भएका व्यक्तिहरुलाई यौन तथा प्रजनन स्वास्थ सेवामा पहुँच पुर्याउनका लागि सरकारले सो सम्बन्धि जनचेतना फैल्याउन विद्यालय तहको शिक्षामा सुधार हुनुपर्नेमा जोड दिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार छैटौँ दिन बढ्यो सेयर बजार, ६ अर्ब ६७ करोडको कारोबार
-
अमेरिकी आक्रमण जारी रहेसम्म स्ट्रेट अफ होर्मुज नखुल्ने इरानको चेतावनी
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण