पत्रकार आचार्यमाथि आक्रमणको जेनजी अभियन्ता माजिद अन्सारीद्वारा भत्सर्ना
सारांश
- झापा क्षेत्र नं. ५ मा चुनावी रिपोर्टिङका क्रममा रातोपाटीका पत्रकार अर्जुन आचार्यमाथि एमाले समर्थक युवाहरूले आक्रमण गरे।
- आक्रमणकारीहरूले आचार्यको मोबाइल र चस्मा खोसेर ज्यान मार्ने धम्की दिएका छन्, भने प्रेस काउन्सिल र सरकारले सुरक्षाको माग गरेको छ।
- घटनाको सुरुवात एमाले समर्थक र महिलाबीचको भनाभनबाट भएको थियो, जसले गर्दा पत्रकारमाथि आक्रमण भयो।
काठमाडौँ । झापा क्षेत्र नं. ५ मा चुनावी रिपोर्टिङका क्रममा पुगेका रातोपाटीका पत्रकार अर्जुन आचार्यमाथि नेपाल कम्युनिष्ट पार्टी (एमाले) समर्थक युवाहरूले आक्रमण गरेको घटनामा जेनजी अभियन्ता माजिद अन्सारीले भत्सर्ना गरेका छन् ।
बिहीबार एमाले निकट ‘युथ भोलिन्टियर्स’ समूहका ४–५ जनाले आचार्यलाई नियन्त्रणमा लिएर कुटपिट गर्नुका साथै उनको मोबाइल र चस्मा खोसेर लगेका थिए ।
अन्सारीले सामाजिक सञ्जालमार्फत उक्त घटनाको कडा भर्त्सना गर्दै एमाले निकट प्रेस चौतारी नेपालको धारणा सार्वजनिक हुनुपर्ने बताएका छन्। साथै, एमालेले २०६२ सालको १२ बुँदे समझदारीमा व्यक्त गरेको पूर्ण प्रेस स्वतन्त्रता र लोकतन्त्रप्रतिको प्रतिबद्धता स्मरण गर्नुपर्ने टिप्पणी गरेका छन्।
‘लोकतन्त्रमा प्रेस स्वतन्त्रताको सम्मान गर्न सकिँदैन भने त्यो लोकतान्त्रिक आचरण होइन,’ अन्सारीले उल्लेख गरेका छन्। उनले एमालेले आफ्ना युथ भोलिन्टियर्सलाई लोकतान्त्रिक मूल्यबारे सचेत गराउनुपर्ने मागसमेत गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण