उनेपा तनहुँले भन्यो- रवि लामिछानेलाई कालो झण्डा देखाउने पार्टीको कार्यक्रम होइन
सारांश
- उज्यालो नेपाल पार्टीका कार्यकर्ताहरूले तनहुँको दमौलीमा रवि लामिछानेलाई कालो झण्डा देखाए।
- जिल्ला संयोजक अजय गिरीले पार्टीको कार्यक्रम नभएको र झण्डा देखाउने कार्य गलत भएको बताए।
- कालो झण्डा देखाएपछि प्रहरी र उज्यालो नेपालका कार्यकर्ताबीच धकेलाधकेल भएको थियो।
पोखरा । उज्यालो नेपाल पार्टीका समर्थक तथा कार्यकर्ताहरुले शुक्रबार साँझ तनहुँ सदरमुकाम दमौलीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहितका नेताहरुलाई कालो झण्डा देखाए । झण्डा देखाउनुको कारण अहिलेसम्म खुलेको छैन ।
तनहुँका पार्टी नेतृत्वले उक्त कार्यक्रम पार्टीको आधिकारिक नभएको जनाएको छ । जिल्ला संयोजक अजय गिरीले आफूले रोक्न खोज्दाखोज्दै जबरजस्ती झण्डा देखाएको बताए ।
‘दिनभरि हाम्रो कार्यक्रम अनसन चौतारीमा थियो । उहाँहरु नाचगान गर्नुभयो । सबैजना घर फर्किने तयारीमा थियौं,’ उनले भने, ‘अन्तिम समयमा उहाँहरुले चोकमा आएर झण्डा देखाउनुभयो । केही झण्डा मैले नै थुतेर प्रहरीलाई बुझाएको हो ।’ उनले पार्टीको टोपी र ब्यानर दुरुपयोग भएको भन्दै आपत्ति जनाएका छन् । ‘जे भयो गलत भयो । हामीले नसोचेको घटना भयो,’ गिरीले भने, ‘यसबारे मैले केन्द्रमा जानकारी गराइसकेको छु ।’
कालो झण्डा देखाएपछि प्रहरीसँग केहीबेर उज्यालो नेपालका कार्यकर्ताहरुबिच धकेलाधकेल भएको थियो । तर उज्यालो नेपाल तनहुँले भने सबै कार्यकर्ता मात्रै नभई चुनाव प्रचारमा आएका समर्थक पनि रहेको जनाएको छ । यसबारे केन्द्रबाटै निर्णय आउने गिरीले बताए ।

रास्वपा सभापति लामिछानेले शुक्रबार साँझ दमौली र दुलेगौंडामा चुनावी सम्बोधन गरे । उज्यालो नेपालका कार्यकर्ताहरुले प्रहरीबाट दुर्व्यवहार भएको भन्दै सडकमै सुतेर धर्ना दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण