रवि लामिछानेलाई कालो झण्डा देखाइयो
सारांश
- पोखरामा रवि लामिछानेलाई उज्यालो नेपाल पार्टीका कार्यकर्ताले कालो झण्डा देखाए।
- तनहुँको दमौलीमा सभालाई सम्बोधन गर्न आएका लामिछानेलाई शुक्रबार कालो झण्डा देखाइयो।
- प्रहरीले केही कार्यकर्तालाई नियन्त्रणमा लिएपछि महिला कार्यकर्ताले धर्ना दिए।
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेलाई कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीका कार्यकर्ताले कालो झण्डा देखाएका छन् ।
तनहुँको सदरमुकाम दमौलीमा पार्टीको सभालाई सम्बोधन गर्न आइपुगेका लामिछानेलाई शुक्रबार उनीहरुले मुख्य सडकमै कालोझण्डा देखाएर प्रदर्शन गरेका हुन् ।
के कारणले कालो झण्डा देखाएको भन्ने खुलेको छैन । उक्त क्षेत्रका उम्मेदवार मञ्जिल रानाले कालो झण्डा देखाउने पार्टीको आधिकारिक कार्यक्रम नभएको बताएका छन्।
प्रदर्शनमा उत्रिएकाहरूलाई प्रहरीले अवरोध गरेपछि केही समय धकेलाधकेल भएको थियो । प्रहरीले उज्यालो नेपाल पार्टीका केही कार्यकर्ताहरूलाई नियन्त्रणमा समेत लिएको छ ।
विरोधमा रहेका उज्यालो नेपाल पार्टीका महिला कार्यकर्तालाई प्रहरीले हातपात गरेको भन्दै विरोधमा उनीहरू दमौलीको मुख्य चोकमा जेब्रा क्रसिङमा नै धर्नामा बसेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण